६ पुष २०८२, आईतवार
,
Latest
टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता र सर्टिफिकेट बनाउने एकजना पक्राउ



अ+ अ-

काठमाडौं । नक्कली सर्टिफिकेट बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे घर भै हाल काठमाडौँको तारकेश्वर नगरपालिका–११ मनमैंजु बस्ने विपुन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

तारकेश्वर नगरपालिका–११ मनमैंजु रहेको उग्रचण्डी साईबर खोलेर सक्कली सर्टिफिकेट, सवारी अनुमतिपत्र र नागरिकतामा रहेको नाम हटाई नक्कली नाम राखेर विभिन्न प्रयोजनका लागि नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेको प्रहरीले बताएको छ ।

प्रहरीले उनको साईबरबाट नक्कली सर्टिफिकेट लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने ल्यापटप, फोटोकपी, प्रिन्टर, पेनड्राईभ र तयारी अवस्थामा रहेको नक्कली कागजातहरु समेत प्रहरीले बरामद गरेको छ ।

श्रेष्ठमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।