१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्त पक्राउ



अ+ अ-

पशुपतिनगर । इलाका प्रहरी कार्यालय पशुपतिनगरले कैद फैसला भएका सात फरार अभियुक्तलाई पक्राउ गरी अदालतमा बुझाएको छ ।

जिल्ला अदालत इलाममा पेश गरिएको जरिवाना र कैद असुल गर्न बाँकी रहेको १६ लाख ३६ हजार ५२५ रुपैयाँ जरिवाना र एक वर्ष २० दिन कैद भएका सात फरार अभियुक्तलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा रु १५ लाख १६ हजार ६८८ जरिवाना र एक वर्ष बन मुद्दामा कैद सजाय तोकिएका रोङ गाँउपालिका–५ इरौटारका ५१ वर्षीय नेत्रबहादुर मगर, चोरी मुद्दामा २० दिन कैद र रु ३७ हजार ८३७ जरिवाना तोकिएका सप्तरी खडक नगरपालिका–१ स्थायी घर भई सूर्योदय नगरपालिका–१० बस्ने ३१ वर्षीय वीरेन मल्लिक छन् ।

हातहतियार मुद्दामा रु ८० हजार जरिवाना तोकिएका सूर्योदय नगरपालिका–७ का २६ वर्षीय सन्तोष पौडेल, गाली बेइजती मुद्दामा फरार माइजोगमाई–४ का महेश्वर आचार्य, कृष्णप्रसाद भट्टराई, भीष्म भट्टराई र मिलन भट्टराईलाई जनही रु ५०० कैद तोकिएको थियो ।