१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसद्धारा लगातार संसद अबरुद्ध



अ+ अ-

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अबरुद्ध गरेको छ । कांग्रेसले नेकपा सरकारले दुई तिहाईको दम्भ देखाएको आरोप लगाउदै संसद अबरुद्ध गरेको हो ।

पटकपटक आफ्ना नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिएपनि सरकारले आफु खुशि काम गरेको भन्दै बिरोध जनाएका हुन् ।

संसदको मंगलबारको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु उठेपछि सभामुख कृष्णबहादुर महराले प्रकाशमान सिंहलाई समय दिए । उनले दुबै अस्पताललाई संघीय सरकार मातहतमा ल्याउन निर्णय नभएसम्म संसद चल्न नदिने बताए ।

प्रकाशमान सिंहले बोले लगतै कांग्रेस सांसदहरुले रोष्टम घेराउ गरेका थिए । मर्यादापालकहरुले कांग्रेस सांसदहरुलाई रोक्न खोजे पनि कांग्रेसका सांसदहरुले मानेका थिएनन् ।

सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसदले उठाएको विषयमा सरकारको ध्यानाकर्षण गराइसकेको भन्दै आआफ्नो ठाउँमा बस्न सांसदहरुलाई आग्रह गर्दा पनि नमानेपछि संसदको कारबाही अघि बढ्न नसकेको हो ।

संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।