१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी–त्रिशूली बाढी : उद्धार तीव्र बनाउन सरकारलाई कांग्रेसको आग्रह, १ करोड राहत दिने नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँसम्म रोष्टम घेराउ गर्न आउने भन्ने कुरा मर्यादापालकले तय गर्ने हो ? : रिजाल



अ+ अ-

काठमाडौँ । दिउँसो तीन बजे सुरू भएको प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध गरेपछि बैठक अगाडि बढ्न नसकेको हो। कांग्रेसका सांसदहरूले रोष्टम घेराउ गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका हुन्।

बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले बोलेपछि कांग्रेस सांसदहरू बैठक आगाडि बढ्न रोक लगाएका हुन् । रोष्टम घेराउ गर्न गउका कांग्रेसका सांसदहरुलाई मर्यादा पालहरुले रोकेपछि सांसद मीनेन्द्र रिजालले कहाँसम्म आउने भन्ने मर्यादापालकले तय गरेको हो की ? सभामुखले तय गरेको की, गृहमन्त्रीले तय गरेको प्रतिप्रश्न गरेका थिए ।

कांग्रेसले नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिएपनि सरकारले आफु खुशि काम गरेको भन्दै बिरोध जनाएका हुन् । दोस्रो पटक संसद अबरुद्ध भएपनि सरकारले कुनै चासो नदिएको प्रति कांग्रेस सांसदहरुको आपत्ति देखाएका छन् ।