६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कहाँसम्म रोष्टम घेराउ गर्न आउने भन्ने कुरा मर्यादापालकले तय गर्ने हो ? : रिजाल



अ+ अ-

काठमाडौँ । दिउँसो तीन बजे सुरू भएको प्रतिनिधि सभाको आजको बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध गरेपछि बैठक अगाडि बढ्न नसकेको हो। कांग्रेसका सांसदहरूले रोष्टम घेराउ गरेपछि सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरेका हुन्।

बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले बोलेपछि कांग्रेस सांसदहरू बैठक आगाडि बढ्न रोक लगाएका हुन् । रोष्टम घेराउ गर्न गउका कांग्रेसका सांसदहरुलाई मर्यादा पालहरुले रोकेपछि सांसद मीनेन्द्र रिजालले कहाँसम्म आउने भन्ने मर्यादापालकले तय गरेको हो की ? सभामुखले तय गरेको की, गृहमन्त्रीले तय गरेको प्रतिप्रश्न गरेका थिए ।

कांग्रेसले नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेको अस्पताल बन्द नगराउन सरकारलाई दवाव दिएपनि सरकारले आफु खुशि काम गरेको भन्दै बिरोध जनाएका हुन् । दोस्रो पटक संसद अबरुद्ध भएपनि सरकारले कुनै चासो नदिएको प्रति कांग्रेस सांसदहरुको आपत्ति देखाएका छन् ।