६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेवि संघको जुलुशमा प्रहरी धरपकड, कुन्दन काफ्लेसहित केही नेता घाइते



अ+ अ-

काठमाडौं । आमरण अनशनमा बसिरहेका डा गोविन्द केसीको मागलाई सम्बोधन गर्नुको सट्टा संसदले दुई तिहाई बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजेको विरोधमा नेपाल विद्यार्थी संघले आज साँझ बानेश्वरमा प्रदर्शन गरेको छ ।

संसद भित्र उता नेपाली काँग्रेसले विरोध गरिरहेका बेला बाहिर नेविसंघले पनि विरोधमा जुलुस निकालेको छ । कांग्रेस संसदहरुको प्रतिरोधपछि ११ गते सम्मको लागि संसद बैठक स्थगित हुदा संसद भवन बाहिरको निषेधित क्षैत्रमा नेविसंघले सडक प्रदर्शन गरेको छ ।

त्यस क्रममा प्रहरीले व्यापक मात्रामा धरपकड गरेको छ । जसका कारण केही विद्यार्थी नराम्ररी घाइते पनि भएका छन् । घाइते हुनेमा नेविसंघका महामन्त्री कुन्दन काफ्ले, नेविसंघका उपाध्यक्ष राम प्रसाद अधिकारी लगायतका विद्यार्थीहरु छन् ।

सो जुलुशको नेतृत्व उपाध्यक्ष राम प्रसाद अधिकारी, डिल्लीराम सुवेदी लगायतले गरेका थिए । नेविसंघका नेता तथा कार्यकर्ताहरुले निषेधित क्षेत्र तोड्दै संसद भवन नयाँ बानेश्वरमा प्रदर्शन गरेका हुन् ।