७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

गुणस्तर सुधार्दै टेलिकम

गुणस्तर सुधार्दै टेलिकम
अ+ अ-

बागलुङ । धौलागिरि क्षेत्रमा नेपाल टेलिकमको सेवा विस्तार र गुणस्तर सुधारको काम तीव्र बनेको छ ।

पूर्वाधार र प्रविधिमा गरिएको सुधारले सेवा स्तरीय बन्दै गएको टेलिकम बागलुङ कार्यालयले जनाएको छ । कार्यालयले जिएसएम मोबाइल, सिडिएमए, ल्याण्डलाइन र इन्टरनेट सेवा प्रवाह गर्दै आएको छ ।

पछिल्लो अवधिमा सेवा विस्तार र गुणस्तरमा उल्लेख्य सुधार आएको कार्यालयका वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताउनुभयो । उहाँका अनुसार धौलागिरिका एक सय २० ठाउँमा मोबाइल र इन्टरनेट सेवाका लागि जिएसएम बिटिएस टावर सञ्चालित छन् । गत दुई वर्षमा मात्र ४४ नयाँ टावर बनेका थिए ।

“यो वर्ष मात्रै दश नयाँ टावर चले”, इञ्जिनीयर शर्माले भन्नुभयो, “पुराना अस्थायी संरचनामा बनेका टावरको पनि स्तरवृद्धि भइरहेको छ ।” अहिले अस्थायी प्रकृतिले चलेका १५ वटा टावरको स्थायी संरचना बनाउने काम भइरहेको छ । अर्को चरणमा थप १२ वटा टावरको स्तर सुधार गरिनेछ ।

स्थायी संरचना बन्दा टावर हाल भएका भन्दा अग्लो हुने र त्यसले सेवाको पहुँच बढाउने जनाइएको छ । मुस्ताङको कोरला, म्याग्दीको बरङ्जा, बागलुङको अमरभूमि, छिस्ती र खुङ्गामा नयाँ टावर निर्माणाधीन छन् । थ्रिजी सेवाको लागि बागलुङको बुर्तिबाङ, म्याग्दीको सिङ्गा तातोपानी र पोखरेबगरमा पनि जिएसएम बिटिएस टावर निर्माणको लागि अध्ययन भइरहेको छ ।

“धौलागिरिभरि मोबाइल सेवा विस्तार हुँदैछ”, इञ्जिनीयर शर्माले भन्नुभयो, “इन्टरनेटको पनि सेवा र गुणस्तर बढ्दै गएको छ ।” बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा गरी हाल ८१ ठाउँमा थ्रिजी सेवा छ । आगामी चैतभित्र बढाएर ९१ ठाउँमा थ्रिजी सेवा पुर्याउने लक्ष्य कार्यालयको छ । छिट्टै फोरजी सञ्चालनको तयारी पनि अघि बढ्ने जनाइएको छ । आउँदो दशैँसम्ममा धौलागिरिका मुख्य बजार क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ ।

गाउँ÷गाउँमा जिएसएम मोबाइल पुगेपछि इन्टरनेट डाटा खपत पनि उल्लेख्यरूपमा बढेको छ । दुई वर्षअघिसम्म प्रतिदिन जम्मा ६६ जिबी खपत हुने गरेकामा अहिले बढेर दुई हजार ४०० जिबी पुगेको छ । ल्याण्डलाइन टेलिफोन सेवा पनि विस्तार हुँदै गएको कार्यालयका अर्का इञ्जिनीयर अमृत नेपालले बताउनुभयो ।

धौलागिरिका १६ ठाउँमा ल्याण्डलाइन सेवा र २५ ठाउँमा सिडिएम सेवा पुगेको छ । “सेवा विस्तार नै हाम्रो मुख्य लक्ष्य हो”, इञ्जिनीयर नेपालले भन्नुभयो, “सेवाका बारेमा आउने गुनासाको तत्काल सम्बोधन हुन्छ ।” जिएसएम मोबाइल पुगेपछि सिडिएमएका प्रयोगकर्ता भने घट्दै गएको पाइएको छ ।
गुणस्तरीय डाटा र भ्वाइस सेवाका लागि तामाको तार हटाएर फाइबर प्रविधिसमेत राख्न शुरु गरिएको छ । आउँदो चैतभित्र बागलुङ बजारका सबै घरमा फाइबर विस्तार हुने कार्यालयले जनाएको छ । बागलुङपछि म्याग्दीको बेनी र पर्वतको कुश्मा बजारमा फाइबर पु¥याउने लक्ष्य छ ।

टेलिकमले म्याग्दीको गुर्जा बाहेक धौलागिरिका अन्य ठाउँमा रहेका ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याएको छ । ‘माइक्रोवेभ रेडियो लिङ्क’ प्रविधिले भ्वाइस र डाटाको गुणस्तरमा सुधार आउने जनाइएको छ ।