७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप

हत्या,हिंसा र बलात्कारको घटना अहिले शून्य छ : प्रहरी प्रवक्ता सुवेदी

हत्या,हिंसा र बलात्कारको घटना अहिले शून्य छ : प्रहरी प्रवक्ता सुवेदी
अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले भूमिगत सशस्त्र समूहको नाममा हिजोको अवस्थामा हुने गरेका हत्या, हिंसा, बम विस्फोटन, जबरजस्ती चन्दा संकलन, अपहरणजस्ता घट्नाहरु प्रहरीको सक्रियताले अहिले न्यूनिकरण भएर लगभग जिरोको अवस्थामा रहेको दाबी गरेका छन् ।

उनले भने,‘हिजोको अवस्थामा देशका विभिन्न स्थानमा संगठित गुण्डागर्दी, विभिन्न ग्याङको नाममा गुण्डागर्दी गर्ने, त्यही नाममा अपहरण गर्ने, जबरजस्ती चन्दा लिने, अरुको सम्पत्ति कब्जा गर्ने, टेण्डर कब्जा गर्ने, प्राकृतिक स्रोत तथा साधनहरुको दोहनमा पनि प्रत्यक्ष रुपमा संलग्न हुनेजस्ता क्रियाकलापहरु गर्नेहरुको विरुद्धमा पनि प्रहरीले विशेष कारबाही गर्दै, निर्माण व्यवसायी शरद गौचनको हत्यापछिको अवस्था हेर्नुभयो भनेपनि, त्यो हत्यामा संलग्नसमेत कानुनको दायरामा आईपुगेका छन् भने केही मान्छे मुठभेडमा पनि मारिएका छन् ।’

सुवेदीले समग्र रुपमा देशमा अहिले बन्द, हड्ताल, जातीय तथा क्षेत्रिय हिंसा अथवा अन्य कुनैपनि किसिमले अराजकताको अवस्था नरहेको जिकिर गरे । उनले भने,‘तर, यति भन्दै गर्दापनि हामीले अपराध तथ्यांक हे¥यौं भने जुन न्यूनिकरण हुनुपर्ने हो, त्यो न्यूनिकरण भएको छैन । नेपाल प्रहरीले यसमा धेरै अनुशन्धान गर्यो । रिसर्च गर्यो । सरोकारवालाहरुसँग छलफल गर्यो । मिडियाकर्मी साथीहरुसँगपनि छलफल गर्यो । छलफल गर्दा के निश्कर्षमा पुग्यो भने, अहिले नेपालको शान्ति, सुरक्षाको अवस्थालाई चूनौति दिने भनेको पेशेवर अपराधीको कारणले अर्थात संगठित अपराधीको कारणले होईन रहेछ ।’

उनले अहिले सामाजिक विकृतिका कारण समाजमा घट्नाहरु घटिरहेको सुनाए । उनले भने,‘हत्या, हिंसा, बलात्कार, लुटपाटलगायतका घट्नाहरु घट्नुको मुख्य कारण नै सामाजिक विकृति रहेछ ।’ सामाजिक विकृति न्यूनिकरण गर्नको लागि आफूहरुले सम्बन्धित सरोकारवालाहरुसँगको सहकार्यमा सचेतना कार्यक्रम अघि बढाएको पनि उनले जानकारी दिए ।

सामाजिक विकृति न्यूनीकरण गर्नको लागि नेपाल प्रहरी र स्थानीय सरकारबीच सम्झौतासमेत भैसकेको उनले जानकारी दिए । उनकाअनुसार अहिलेसम्म ७४७ स्थानीय सरकारसँग प्रहरीले (एम.ओ.यू) गरिसकेको छ ।

आफूहरुले सचेतना कार्यक्रम अघि बढाउनको लागि देशभरि करिब दश हजार समिति बनाईसकेको पनि उनले जानकारी दिए । उनका अनुसार जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति गरी पाँच किसिमका समितिहरु गठन भएको छ ।

सुवेदीले अहिले ६० प्रतिशत बलात्कार १५ वर्ष मुनिका बालिकाहरुमाथि भैरहेकोपनि सुनाए । उनले भने,‘९७ प्रतिशत बलात्कारको केशमा प्रहरीको तर्फबाट सफल अनुशन्धान भएको छ ।’ सुवेदीले बलात्कारको शिकार आफन्तबाटै भएको पनि सुनाए । उनले थपे,‘अब सचेतना कार्यक्रम आवश्यक छ ।’
उनले बलात्कारको न्यूनिकरणको लागि आफूहरुले विद्यालयस्तरबाटै ‘ईन्टरभेन्सन’ सुरु गरेको पनि सुनाए । उनले भने,‘काठमाडौं उपत्यकाका ७ सय विद्यालयमा हामीले सचेतना कार्यक्रम सुरु गरिसकेका छौं । देशभरि २ हजार विद्यालयहरुमा सचेतनामूलक कार्यक्रमहरु अघि बढाएका छौं ।’

त्यस्तै ‘साईबर–सेक्युरिटी’ पनि देशमा अहिले अर्को चूनौतिको रुपमा रहेकोले त्यसलाई न्यूनिकरण गर्नको लागि आफूहरुले सोहीअनुसार कार्यक्रमहरु अघि बढाएको उनको भनाई छ ।

गत कार्तिक ११ गतेदेखि सुरु भएको आफूहरुको कार्यक्रमअन्र्तगर्त अहिलेसम्म विभिन्न केशका ११५० फरार अपराधीहरु देशभरिबाट पक्राउ गर्न सफल भएको पनि प्रवक्ता सुवेदीले जनाए । त्यस्तै, १५० गैरकानुनी हतियार र ठूलो मात्रामा लागुऔषध र मदिराजन्य वस्तुहरु जफत गर्न सफल भएको पनि उनले जनाए ।