२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको मुख्य रजिस्ट्रारमा निरौलाको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगको मंगलबार बसेको बैठकले सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा नृपध्वज निरौलाको नाम सिफारिस गरेको छ । निरौला न्याय परिषदको सचिव हुदाँ तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली सेवा निवृत्त भएको पत्र काटेका थिए।

निरौलाले पराजुलीको शैक्षिक प्रमाणपत्रको आधारमा कार्यकाल किटान गरेरै पत्र लखेका थिए।

मुख्य रजिष्ट्रार डा. राजन भट्टराई उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि रिक्त रहेको स्थानमा उनलाई सिफारिस गरिएको हो।