• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध ★   रोमानियालाई हराउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा प्रवेश ★   अष्ट्रियालाई हराउँदै टर्की युरो कपको क्वाटरफाइनलमा ★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह

चैत महिनाबाट सरकारले गति लिने कार्यवाहक प्रमको उदघोष



काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आगामी चैत महिनापछि सरकारका कामले गति लिने बताएका छन् । चैतभित्र सरकारलाई चाहिने कानून बनिसक्ने भन्दै त्यसपछि गति लिने बताएका हुन् ।

हेटौंडामा बुधबार पत्रकारहरुले ‘सरकारले काम गर्न नसकेको जनगुनासो बारे के भन्नुहुन्छ ?’ भन्दै सोधेको प्रश्नको जवाफमा रक्षामन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

मन्त्री पोखरेलले भने, ‘आगमी चैत्रभित्र सरकारलाई चाहिने सबै कानून बन्छ, त्यसपछि सरकारको कामले गति लिन्छ ।’ पोखरेलले संवैधानिक र राजनीतिक परिवर्तन भए पनि त्यस अनुरुप कानूनी संरचना नहुँदा काम गर्न समस्या रहेको बताएका थिए ।

यस्तै उनले अनियमितता गर्नेहरुसँग सौदाबाजी नगर्ने जिकिर गरेका छन् । अनियमितता र कानूनविपरित भएका कुनै पनि कार्यका लागि सरकारले सौदाबाजी नगर्ने बताएका हुन् । समाचार अन्नपूर्ण पोष्टमा छापिएको छ ।

वाइडबडी प्रकणमा संलग्नहरुबारे छानबिन भइरहेको भन्दै उनले उच्चस्तरीय आयोगले प्रतिवेदन दिएपछि थप कुरा गर्न सकिने बताए । ‘हामी प्रक्रियाभन्दा बहिर जाँदैनौं, प्रतिवेदन आएपछि सरकारले पोजिसन लिन्छ’, पोखरेलले भने । डा. गोविन्द केसीका सबै मागका विषयमा पनि प्रतिवेदन आइसकेको र सोही अनुसार काम हुने उनले बताएका छन् ।