• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   देशका महत्वपूर्ण मुद्दा सम्बोधन गर्न राष्ट्रिय सहमतिको नयाँ सरकार गठन हुन्छ: काँग्रेस ★   एमाले अध्यक्ष ओली बालुवाटारमा ★   एमाले सचिवालय बैठक बस्दै ★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने

डा केसीलाई भट्टराईको चेतावनीः ‘प्रचण्डलाई जेल हाल्ने सपना नदेखे हुन्छ’



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले द्वन्द्वकालका मुद्दा उठाएर डा गोविन्द केसीले गल्ती गरेको आरोप लगाएका छन्। नागरिक दैनिकमा खबर छ ।

बुधवार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै नेता भट्टराईले आजको दिनमा अनशनरत डाक्टर केसी गलत रहेको अब पछि हट्नुको विकल्प नरहेको बताए।

‘किनभने उहाँले उठाउनुभएको सबै माग विद्येयकमा समावेश भैसकेका छन्। उहाँले उठाउँदै आएका मुद्दा पनि यसमा आएका छन्। अब उहाँले यसको नाममा द्वन्द्वकालका मुद्दाहरु, अब प्रचण्डलाई नै जेल हाल्छु, अर्कोलाई जेल हाल्छु। पख तिमीहरुलाई भन्नुभएको छ। त्यो हो भने बेग्लै कुरा हो’, उनले भने।

उनले संसदमा कांग्रेस उपसभापति एवम् संसदीय दलका उपनेता विजय गच्छदारले बोलेको कुराप्रति आपत्ति जनाए। सेनामा समायोजन भएका माओवादी लडाकुलाई फिर्ता लैजाउ भन्नु गम्भीर कुरा भएको उनको भनाई छ।