![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
![](https://newspolar.com/wp-content/uploads/2019/01/rabindra-1.jpg)
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका दुईवटा वाइड बडी विमान खरिद प्रकरणमा विस्तृत छानबिन सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानबाट खरिद प्रक्रियामा गम्भीर प्रश्न खडा भएपछि विस्तृत अनुसन्धान गर्ने निर्णय भएको अख्तियार स्रोतले जनाएको छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।
‘यसै साता आयोगको बैठकले वाइड बडी जहाज खरिद प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने निर्णय गरिसकेको छ, अनुसन्धान अधिकृतहरूसमेत तोकेर काम अघि बढिसकेको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘नेपाल वायुसेवा निगमबाट केही फाइल मगाइएको छ। त्यसको अध्ययनपछि खरिद प्रक्रियामा संलग्नमाथि बयानसमेत सुरु हुनेछ।’
अख्तियारले इन्जिनियर, कानुन र लेखा समूहका अधिर्कतको टोली बनाएरु अनुसन्धान अघि बढाएको छ। अनुसन्धानमाथि अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेले प्रत्यक्ष निगरानी गरिरेको स्रोतले बतायो ।