२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेस्सी आठौं पटक मूल्यवान खेलाडी घोषित, रोनाल्डोलाई लाग्यो ठूलो धक्का



अ+ अ-

एजेन्सी । स्पेनिस बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सर्वाधिक मुल्यवान खेलाडीको अवार्ड जितेका छन् । ३१ वर्षीय मेस्सीलाई सिजन २०१७/१८ का लागि यस अवार्ड प्रदान गरिएको हो ।

स्पेनको प्रतिष्ठित पत्रिका ‘मुन्डो डेपोर्टिभो’ ले उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई हरेक बर्ष यस अवार्ड प्रदान गर्ने गरेको छ । सोमबार राती आयोजित कार्यक्रममा मेस्सीलाई ला लिगाका अध्यक्ष जाभिर टेबासले अवार्ड प्रदान गरे ।

योसँगै मेस्सीले आठ पटक अवार्डमा कब्जा जमाए । सन् २००९/१० देखि सुरु भएको यस अवार्ड मेस्सी बाहेक अन्य दुई खेलाडीले मात्र जितेका छन् ।

१० संस्करणमा आठ वटा मेस्सीले जित्दा रियल म्याड्रिडका पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोले २०१३/१४ र एट्लेटिको म्याड्रिडका एन्टोनी ग्रीजम्यानले २०१५/१६ मा एक एक पटक जितेमा थिए ।