१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.केसीको माग पूरा हुँदा कसैको हार हुदैन : पूर्वप्रधानन्यायाधीश कार्की



अ+ अ-

काठमाडौँ । पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले आनसनरत डा.गोविन्द केसीमा माग पूरा हुने बताएकी छिन् ।

बुधबार दिउँसो अनसनस्थल शिक्षण अस्पताल पुगेकी कार्कीले केसीको माग जनताको माग भएको र माग पुरा गर्दिदैमा कसैको हार नहुने भन्दै सरकाले माग छिट्टै पुरा गर्ने उल्लेख गरिन्। उनले केसीका माग पूरा हुँदा राष्ट्र र प्रधानमन्त्रीको पनि विजय हुने भएकोले माग पुरा हुनेमा ढुक्क हुन केसीलाई आग्रह गरेकी हुन् ।

‘प्रधानमन्त्रीले तपाईंका माग पूरा भयो भनेर वचनवद्धता र सम्झौता गर्नु भएको छ’, उनले भनिन्, ‘सबैका मनमा उहाँको माग पूरा हुनुपर्छ भन्ने विश्वास छ । तपाईको माग सरकारले चाढै पुरा गर्नेछ’ ।

पत्रकारसँग संक्षिप्त प्रतिक्रियापछि डा. केसीलाई सम्बोधन गर्दै उनले माग पूरा हुने भन्दै निश्चिन्त रहने आग्रह गरेकी थिइन्।