८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

काठमाडौँमा चिसो बढ्यो

काठमाडौँमा चिसो बढ्यो
अ+ अ-

काठमाठौँ । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम १ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ । मङ्गलबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ३ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ । “तापक्रम घटे पनि यस वर्षा माइनसमा पुग्ने सम्भावना छैन”, उहाँले भन्नुभयो । यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ ।


पहाडी भूभागका एक /दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भई बाँकी भूभागमा मौसम सफा रहनेछ । शुक्रबार पूर्वी र मध्य पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतम तापक्रम २३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।