१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले अनसन तोड्नोस् सँगै लडौँला भने, तर डा.केसीले मानेनन्



अ+ अ-

काठमाडौं । तीन हप्तादेखि दिनदेखि आमरण अनसन बसेका सत्याग्रही डा गोविन्द केसीलाई भेट्न गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा.केसीलाई अनशन तोड्न आग्रह गरेका छन् ।

अनसनस्थल पुगेका सभापति देउवाले भनेका थिए, हामी अझै धेरै लामो लडाइँ लड्नु छ, सँगै लडौँला अनशन तोड्नुस केसी जी । बिहीबार शिक्षण अस्पताल महाराजगञ्ज पुगेर देउवाले डा. गोविन्द केसीको स्वास्थ्य अवस्था विग्रँदै गएको बताएका थिए ।

देउवाले माफियाहरुको विरुद्ध लड्नुपर्ने र त्यसमा तपाईँको पनि साथ चाहिएको भन्दै अनशन तोड्न आग्रह गरेको नेपाली काँग्रेसका युवा नेता गगन थापाले जानकारी दिए । थाप पनि देउवासँगै अनशनस्थलमा पुगेका थिए । सभापति देउवाले ज्यान फालेर भन्दा पनि ज्यान जोगाएर माफिया विरुद्ध लड्न सकिने बताएका थिए ।

सभापति देउवा बिहिबार दिउँसो ४ बजे डा केसीलाई भेट्न टिचिङ अस्पताल पुगेका थिए । केसी पुस २५ देखि आमरण अनसनमा छन् ।


तर उनीहरुको आग्रह पछि पनि डा.केसीले अनशन नतोड्ने बताएका छन् । उनले आफूले अनशनबाटै सरकारसँग लड्ने भन्दै अहिले नै अनशन नतोड्ने बताएका थिए ।
सरकारले अहिलेसम्म अनसन बसेका डा.केसीको माग सुनुवाईका लागि कुनै पहल गरेको छैन । यस विषयमा सरकार बोलेको छैन ।

डा.केसीको मागप्रति ऐक्यवद्धता जारी
डा केसीको मागमा नागरिक समाजले ऐक्यवद्धता जनाउने क्रम जारी छ । बुधबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्की गइन् । उनले डा केसीका सबै माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरेकी थिइन् । त्यसैगरी बिहीबार पेशागत महासंघले माइतीघर मढडेलाबाट उनको समर्थनमा जुलुश प्रदर्शन गरेको थियो ।

चिकित्सको संघको आह्वानमा भोलि स्वास्थ्य सेवा ठप्प
यसैबीय डा.केसीको मागको पक्षमा नेपाल चिकित्सक संघले भोलि इमर्जेन्सीबाहेकका अरु सेवाहरु ठप्प पार्ने चेतावनी दिएको छ । संघले भाोलि देशभरिको अस्पतालमा इमर्जेन्सीबाहेकका सेवाहरु, ओपिडी आदि बन्द गर्ने आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । संघले दिएको ७२ घन्टे अल्टिमेटमको समयमा पनि डा.केसीको माप पूरा नगरेको र जबर्जस्ती संसदबाट चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै त्यसका विरुद्धमा आन्दोलन सुरु गरेको थियो ।