१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीः जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार जारी भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार सुदूरपश्चिमेली समाज इजरायलद्वारा कोषमा छ लाख सहयोग बाढी प्रभावित क्षेत्रमा टेलिकमका अधिकांश टावर सञ्चालनमा भोटेकोशी बाढीपीडितलाई कांग्रेस बागमतीको पाँच लाख ५५ हजार सहयोग रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीशको सक्रियता, थप चार न्यायाधीशलाई स्पष्टिकरण सोधियो



अ+ अ-

काठमाडौँ – न्याय परिषद्ले न्याय कार्यसम्पादनमा बदनियत देखिएको उजुरीका आधारमा चार न्यायाधीशलाई स्पष्टीकरण सोधेको छ ।

न्यायपालिकाको शुद्धीकरण अभियानक्रममा परिषद्ले तनहुँ जिल्ला न्यायाधीश ओमकार उपाध्याय, ललितपुर जिल्ला अदालतका न्यायाधीश विश्वङ्गल आत्रेय, सर्लाहीका जिल्ला न्यायाधीश राजेश काफ्ले र भक्तपुरका जिल्ला न्यायाधीश मोहम्मद जुनैद आजादलाई सात दिने लिखित स्पष्टीकरण सोधेको हो ।

परिषद्ले ती न्यायाधीशले न्याय सम्पादन गर्दाको कार्यसम्पादनका विषयमा जाँचबुझ गर्न सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराइको संयोजकत्वमा तीन सदस्सीय कमिटी गठन गरेको छ ।

सदस्यमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना र उच्च अदालत न्यायाधीश टेकप्रसाद ढुङ्गाना रहनुभएको छ ।

परिषद्को मङ्गलबारको बैठकले ती न्यायाधीशले बदनियतपूर्वक काम गरेको हुँदा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । यसअघि पनि परिषद्ले न्यायाधीशले वदनियतपूर्वक काम गरेको आरोपमा केही न्यायाधीशलाई काज सरुवा गरेको थियो । (रासस)