१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५० ग्राम सुनको बालासहित ५ जना पक्राउ



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट तस्करीको सुनसहित ५ जनालाई पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाको टोलीले बिहीबार अपराह्न ३ बजे वैदेशिक रोजगारीबाट फर्केका उनीहरुलाई सुनको बालासहित पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमिन्द्र बोगटीले विशेष सूचनाका आधारमा २५० ग्रामको सुनको बालासहित ५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरुको पहिचान भने खुलाएको छैन ।