१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘१४ चुचुरा : केही पनि असम्भव छैन’



अ+ अ-

काठमाडौँ । सन् २०१९ मा सगरमाथाको चुचुरोमा पुगेका आरोहीहरुको ट्राफिक जाम भएको तस्बिर भाइरल भयो । अहिले हामीलाई नेटफ्लिक्समा नयाँ वृत्तचित्र ‘१४ चुचुरा:  केही पनि असम्भव छैन’ ले फोटोका फोटोग्राफर आरोही निर्मल ‘निम्स’ पुर्जाले विश्वका ८ हजार मिटर अग्ला सबै १४ हिमालको आरोहण केवल ७ महिनामा गरेको हेर्न अनुमति दिएको छ । 

खराब मौसम, जीवन र मृत्युको अवस्था, बिरामी आमाका कारण घर फर्किनु र आफ्नो घरलाई दोस्रोपटक धितोमा राखेर भए पनि आफ्नो यात्रालाई जारी राख्न पैसा जुटाउन आवश्यक परेको अवस्थामा पुर्जाले आफ्नो अद्भुत शेर्पा टोलीसँगै सात वर्षको अघिल्लो कीर्तिमान तोडेको वृत्तचित्रमा देखाइएको छ ।

वृत्तचित्रको एक विन्दुमा पुर्जाले उक्त साहसिक कार्यका क्रममा हाई अल्टिच्युड सेरेब्रल एनेमा (एचएसई) उत्पन्न भएको अनुभूति वर्णन गर्छन् ।
‘तपाइँ आफ्नो कदमलाई नियन्त्रण गर्न सक्नुहुन्न’, उनले भने, ‘इमान्दारीका साथ भन्छु, म डराएको थिएँ ।’ ‘मलाई छिट्टै तल पहाड झर्नु थियो, यो जीवन र मृत्युको कुरा थियो ।’

वृत्तचित्रमा हामीले नेपालमा पुर्जाको बाल्यकालको बारेमा पर्वतारोही आफैँ र उनको परिवारले बेलायतमा शाही नौसेनामा काम गर्दा त्यहाँ बिताएका समयलगायतका बारेमा जान्न पाउँछौँ । 

वृत्तचित्रमा पुर्जाकी श्रीमती सूची भन्छिन्, ‘मैले जोखिम बुझेकी थिएँ तर त्यो उनको चरित्रमा थियो, उनी अत्यन्त प्रेरित भएका थिए, मलाई थाहा थियो यसले उनको जीवन परिवर्तन हुन गइरहेको थियो ।’

उक्त साहसिक कार्यका क्रममा पुर्जा आफैँले खिचेको भिडियो फुटेज अविश्वसनीय र प्रेरणादायी छ । ‘मलाई सधैँ विश्वास थियो कि यो परियोजना, यो कथा बाँकी संसारलाई बताउन आवश्यक छ’, पुर्जाले भने, ‘यो मेरो बारेमा होइन, यो त अरु कसैका लागि हो जसले संसारलाई राम्रो परिप्रेक्ष्य र राम्रो कारणका लागि परिवर्तन गर्ने दृष्टिमा विश्वास गरेको छ ।’ ‘मैले सधैँ सोच्ने गरेको छु कि यो सामानबाट केही बनाउनुपर्छ त्यसैले मैले सबै कुरा रेकर्ड गर्दैछु ।’

सम्पूर्ण हृदयबाट एउटा रोमाञ्चक साहसिक कार्य

फिल्म निर्माणको यात्रा त्यतिबेला सुरु भयो जतिबेला निर्देशक टोर्किल जोन्सलाई एक आपसी साथीको माध्यमबाट पुर्जासँग भेट गराइयो । त्यतिबेला पुर्जा परियोजना सम्भव बनाउन करिब आधा बाटोमा आइपुगेको अवस्थामा थिए । उनी आफ्नो अभियानलाई जारी राख्नका लागि पैसा जुटाउने कोसिस गरिरहेका थिए । 

‘वास्तवमा मेरो पुर्जासँग अत्यन्त राम्रो व्यक्तिगत सम्बन्ध थियो र हामी सम्पर्कमा रह्यौँ । अनि परियोजना पूरा गरेपछि मलाई पुर्जाले आफ्नो घरमा बोलाए र हामीले केही फुटेज हेर्दै एक दिन बितायौँ, म त्यसबाट अत्यन्त अचम्मित भएँ’, जोन्सले भने, ‘अनि मैले एउटा फिल्मको बारेमा कुरा सुरु गरेँ र त्यो फिल्मलाई कसरी संरचना दिन सकिन्छ भन्नेबारेमा बताएँ ।’

‘हामी एउटा एक्सन एड्भेन्चर, द्रुत गतिको, थ्रिलर तर एक प्रकारको बहुस्तरको कथा भन्न चाहन्थ्यौँ जसमा दर्शकहरुसँग वास्तविक प्रकारको हृदय र वास्तविक भावनात्मक सम्बन्ध हुनेछ’, उनले भने ।

त्यो समय पुर्जाको सयौँ घण्टाको फुटेज लिने र त्यसलाई ९० मिनेटको कथामा काट्ने चुनौती थियो ।

‘पर्वतारोहण वा आरोहणका बारेमा अधिकांश फिल्महरु एउटा हिमाल वा एउटा आरोहण अथवा एउटा शिखरको बारेमा हुन्छन्, त्यसैले १४ आरोहणलाई एउटै कथामा फिट गर्नु पर्ने सही चुनौती थियो, साथै प्रत्येक हिमाललाई व्यक्तिगत कथा जस्तो बनाउनु थियो, प्रत्येक हिमाललाई पेश गर्दै तिनीहरुको परिचय दिँदै र प्रत्येक हिमाललाई सन्तोषजनक महसुस गराउँदै निम्सको शिखर विवरण समेट्नु थियो’, जोन्सले भने ।

‘यसले वास्तवमै निम्सको फुटेजलाई आधारका रुपमा लिइरहेको छ र त्यसपछि त्यो अन्तरवार्ता, ऐतिहासिक सङ्ग्रह, समकालीन सङ्ग्रह, आधुनिक फिल्मिङ, थ्रिडी ग्राफिक्स, एनिमेसन, सङ्गीतको शीर्षमा थप्दैछ’, जोन्सले भने, ‘निम्स यो परियोजनामा कसरी पुगे भन्ने कुरासँग मेल खाओस् भनेर हामी वास्तवमा एक प्रकारको रोलर कोस्टर कथा चाहन्थ्यौँ ता कि प्रत्येक अध्याय फरक लागोस्, प्रत्येक अध्याय केही नयाँ जस्तो लागोस् र यो द्रुत गतिमा होस् ।’

असम्भव केही छैन

पुर्जाको यात्राको एउटा पक्ष जसलाई उनले फिल्ममा उल्लेख गरेका छन् । त्यो के भने उनी कम प्रतिनिधित्व भएका नेपाली पर्वतारोहीहरुलाई चिन्न चाहन्थे । ‘हामीले कम प्रतिनिधित्व गर्ने, चरम उचाइमा रहेका ‘निन्जा’ हरुलाई न्याय गर्न सक्षम हुने सही प्लेटफर्म पायौँ’, पुर्जाले भने, ‘यो सबैको परिणाम के हुनेछ भनेर म थोरै चिन्तित छु तर सम्पूर्ण कुरा सकारात्मक चिजका बारेमा हो ।’

पुर्जाको एउटा एकदमै स्पष्ट सन्देश के छ भने उनी यो फिल्मका दर्शकहरुलाई आफूसँगै लैजान चाहन्छन्– केही पनि असम्भव छैन । ‘अन्वेषण, पर्वतारोहण, आरोहणका कथाहरु, मलाई लाग्छ कि तिनीहरुले तेन्जिङ नोर्गे र एडमन्ड हिलारीमा फर्केर सधैँ संसारको कल्पनालाई कब्जा गरेका छन्’  जोन्सले भने, ‘मलाई के लाग्छ भने हामी कथाहरुमा एक प्रकारको सामूहिक स्वामित्व महसुस गर्छौँ किनभने ती मानिसले गर्न सक्ने सीमा हुन् ।’

‘निम्सले १४ शिखर आरोहण गरे, जे गरे त्यो असाधारण हो, तर मलाई के लाग्छ भने उनको जीवन कथा पनि त्यति नै असाधारण हो जसलाई फिल्ममा जोडिएको छ, आफ्नो प्रारम्भिक बाल्यकालमा उनी जहाँबाट आए मानव प्रयासमा सबैभन्दा अगाडि रहन मानिस भएको नाताले के दर्शाउँछ भने तपाइँ जे पनि गर्न सक्नुहुन्छ ।’