७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको दुई गोलको मद्दतले हारबाट जोगियो युभेन्टस



अ+ अ-

काठमाडौँ । इटालियन लिगको शीर्ष टोली युभेन्टसले पार्मासँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।

युभेन्टसको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सका रोनाल्डोले दुई तथा ड्यानियल रुगानीले एक गोल गरे । पार्माका जर्भिन्होले दुई तथा एन्टोनियो बारिल्लाले एक गोल गरेका थिए ।

३६ औँ मिनेटमा रोनाल्डोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६२ औं मिनेटमा ड्यानियलले गोल गरेपछि युभेन्टसले अग्रतालाई दोब्बर बनायो ।

त्यसपछि ६४औं मिनेटमा एन्टोनियोले गोल गर्दै पार्मालाई खेलमा फर्काए । ६६औं रोनाल्डोले गोलगर्दै युभेन्ट्सको अग्रता फराकिलो बनाए ।

तर, ७४औं मिनेटमा जेरभिन्होले गोल गरेपछि पार्मा ३–२ को अवस्थामा आइपुग्यो । दोस्रो हाफको इन्जुरी समयमा जेरभिन्होले अर्को गोल थपेपछि युभेन्टस पार्मासँग अंक बाँड्न बाध्य बन्यो ।

बराबरीसँगै शीर्ष स्थानमा रहेको युभेन्टसले २२ खेलबाट ६० अंक बनाएको छ । युभेन्टस दोस्रो स्थानको नापोलीभन्दा नौ अंकले अगाडी छ । नापोलीको ५१ अंक छ । २९ अंक बनाएको पार्मा ११औं स्थानमा छ ।