८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

इँटाभट्टा बन्द नगरे कारवाही

इँटाभट्टा बन्द नगरे कारवाही
अ अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रमा इँटाभट्टा सञ्चालनमा रोक लगाउने भएको छ । इँटाभट्टा सञ्चालन गर्न नपाउने नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अटेर गरे कारवाही गरेरै भए पनि हटाइउने नगरप्रमुख सोमप्रसाद मिश्रले बताउनुभयो ।

नगरपालिकाले आज आयोजना गरेको इँटाभट्टा व्यवसायीसँगको अन्तक्र्रिया कार्यक्रममा उहाँले नगर क्षेत्रभित्र उक्त नियम पालना गर्न व्यवसायीलाई आग्रह गर्दै अन्य वैकल्पिक पेशा सञ्चालन गर्न सुझाव दिनुभयो ।

नगरप्रमुख मिश्रले भन्नुभयो,“इँटाभट्टाका कारण भक्तपुर प्रदूषित बन्दै गएको छ, अब नगरत्रभित्र इँटाभट्टा बन्द गर्ने र नयाँ भटृा खोल्न नपाउने नियम बनाइएकाले यसको पालना गर्दै इँटाभट्टा बन्द गर्न अनुरोध गर्दछौ ।” उहाँले व्यवसायीलाई वैकल्पिक पेशा अङ्गिकार गर्न पनि सुझाव दिनुभयो ।

अहिले सञ्चालनमा रहेका भट्टाका कारण माटोको उर्बराशक्तिमा ह्रास आउनाका साथै कृषि उत्पादन घटेको र आम मानिसको स्वास्थ्यमा समेत असर परेकाले नगर क्षेत्रभित्र इँटाभट्टा हटाउने अभियान नगरपालिकाले नै सञ्चालन गर्ने जानकारी दिँदै उहाँले आगोले नपोली बिजुलीबाट पोलिने इँटा उद्योग सञ्चालन गर्न भने प्रोत्साहन गरिनेमा जोड दिनुभयो ।

नगर उपप्रमुख बिना बास्तोलाले भट्टाका कारण नगरको सुन्दरता नै कुरुप बनेकोले इँटाभट्टा बन्द गर्नुको विकल्प नभएको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सिनाले ईटाभट्टा नगरपालिकाको नियमन क्षेत्रभित्र आइसकेकाले प्रदूषणयुक्त भट्टा सञ्चालन गर्ने छुट अब नगरपालिकाले दिन नसक्ने बताउनुभयो ।

वडा नं ३ का वडाध्यक्ष श्यामसुन्दर धिमालले ईटाभट्टाले नगरपालिकालाई तिरेको करभन्दा कैयौँ गुणा प्रदूषण उत्पादन गरी नागरिकको स्वास्थ्यसँग खेलवाड गरेको बताउनुभयो । इसिइसिपीका निर्देशक अर्जुन भट्टले चिनीयाँ प्रविधिमार्फत प्रदूषणमुक्त अत्याधुनिक इँटा उद्योग सञ्चालन गर्न सकिने भएकाले त्यस्तो प्रविधि प्रयोगतर्फ केन्द्रित हुन व्यवसायीलाई आग्रह गर्नुभयो ।

भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष नातीभाइ हेम्बा, व्यवसायी सुरेश खत्री, राजकुमार लामालगायतले व्यवसाय बन्द गर्ने मानसिकता भन्दा पनि इँटा उद्योग सुधार गरेर व्यवसाय व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो ।