८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु

अष्ट्रेलियामा भीषण बाढी, मङ्गलबार दुई जनाको मृत्यु
अ अ+ अ-

टाउन्सभिल । अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ ।

यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण यहाँको जनजीवनमा ठूलो क्षति पुगेको बताइएको छ ।

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ ।

उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेका बताइएको छ ।

अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको बताउनुभएको छ । उहाँले उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने यस टाउन्सभिललाई बढी प्रभावित पारेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।