• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

काँग्रेस बैठक आज- सरकार विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने



काठमाडौँ — सरकारविरुद्ध थप कार्यक्रम र आन्तरिक विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बुधबार बस्दै छ । उपसभापति विमलेन्द्र निधिले सरकारी कदमको विरोध कुन शैलीमा अघि बढाउने भन्नेबारे छलफल हुने बताए ।

बैठकमा पुसमा सम्पन्न महासमितिले पारित गरेको पार्टी विधान, राजनीतिक र आर्थिक प्रस्ताव परिमार्जनसहित टुंग्याउने विषयमा पनि छलफलको तयारी छ ।


महासमिति बैठकले पार्टी विधान, राजनीतिक तथा आर्थिक प्रस्ताव केन्द्रीय कार्यसमितिबाट परिमार्जनसहित जारी गर्ने गरी सर्वसम्मतिले पारित गरेको थियो ।

बैठकले नेविसंघको वर्तमान कार्यसमिति विघटन गर्ने या अधिवेशनका लागि थप समय दिने भन्ने निर्णय पनि लिने निधिले बताए । नैनसिंह महर नेतृत्वको वर्तमान कार्यसमितिले थपिएको ५ महिनाभित्र पनि महाधिवेशन गराउन नसकेपछि पार्टीले केही दिनअघिबाट कामचलाउ हैसियतमा सीमित गरेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।