८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक: पूर्व गभर्नर क्षेत्री

६ महिनामै ४४ प्रतिशत राजश्व उठ्नु सकारात्मक: पूर्व गभर्नर क्षेत्री
अ अ+ अ-


काठमाडौं: नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले पछिल्लो समय मुलुकको मुल्यवृद्धिको अवस्था असाध्यै अनुकूल रहेको स्पष्ट पारेका छन् ।

बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै क्षेत्रीले भने, ‘२-४ वटा पक्षहरु नकरात्मक छैनन् । मूल्यवृद्धि ३.७ प्रतिशत छ, यो असाध्यै अनुकूल हो ।’ उनले राजश्व पनि यो ५-६ महिनामा ४४ प्रतिशत उठिसकेको सुनाए । उनले भने, ‘यो राम्रो पक्ष हो । सालभरिमा उठाउनुपर्ने राजश्वमध्येबाट यो ६ महिनामा ४४ प्रतिशत उठिसकेको छ ।’

उनले पछिल्लो समय नेपाल भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा पनि उल्लेख्य वृद्धि भएको सुनाए । उनले भने,‘सन् २०२० सम्म २० लाख पर्यटकहरु ल्याउने सरकारको तयारी छ । त्यसको लागि अब पर्यटन पूर्वाधारको विकासमा पनि ध्यान दिनुपर्छ । मुलुकमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्नुपर्छ ।’

सरकारले उद्योग धन्धालाई प्रसय दिनुपर्नेमा पनि उनले जोड दिए । व्यापार घाटा डरलाग्दो रहेकोले यसलाई घटाउनेतर्फ सरकार अघि बढ्नुपर्ने क्षेत्रीको धारणा छ । उनले भने, ‘७ खर्बभन्दा केही बढी व्यापार भएको छ, तर ५ खर्ब ९९ अर्ब व्यापार घाटा भएको छ। हाम्रो निर्यात अत्यन्तै निराशाजनक छ । ३७ अर्बमात्रै निर्यात भएको छ । यसमा सुधार गर्नुपर्छ ।’

क्षेत्रीले राष्ट्र बैंकको आँकडा सुनाउँदै माघ २२ गतेसम्म ३४ अर्बको तरलता रहेको सुनाए । उनले राज्यको ढुकुटीमा १ खर्ब ७० अर्ब जम्मा भएपनि सरकारले खर्च गर्न नसकेको पनि गुनासो पोखे । उनले भने,‘खर्चको अनुपात हेर्दा जम्मा ३८.४८ प्रतिशत देखिएको छ । अझ पुँजीगत खर्च त २०.४७ प्रतिशत छ ।’

पूर्व अर्थसचिव युवराज भुषालले लामो समयपछि मुलुकमा स्थायी सरकार गठन भएकोले सरकारले सोहीअनुसारको संरचनात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘सरकार सानातिना कुरामा नअल्भिएको भए हुन्थ्यो ।’

उनले वर्तमान अर्थमन्त्री आफैँ विज्ञ र लामो समय यो क्षेत्रमा काम गरेर खारिएर आएको व्यक्ति भएकोले अहिले देखिएको बैंकहरुको व्याजदरको समस्या समाधान गर्न पहल गर्नुपर्ने सुझाव दिए ।
उनले भने,‘अर्थमन्त्री आफैँमा विज्ञ हुनुहुन्छ, अब उहाँभन्दा जान्ने अरु को होला र ? बैंकहरुको व्याजदरको समस्या सुन्दा कर्णप्रिय लागेको छैन ।’

राष्ट्र बैंकको नियमन तथा सुपरिवेक्षण पनि कमजोर बनेकाले समस्या भएको उनको तर्क छ । ‘नियमन फितलो भयो की भन्ने मेरो बुझाई हो ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले बैंकको व्याजदर नघटे उद्योगी–व्यवसायीहरु यसैलाई मुद्दा बनाएर आन्दोलित हुनुपर्ने अवस्था आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए ।

उनले भने,‘विराटनगरबाट सुरु भएको असन्तुष्टि अहिले देशको सबै ठाउँमा देखिएको छ । उद्योगी तथा व्यवसायीहरु आन्दोलित हुने अवस्था सिर्जना भएको छ । भर्खरै हामीले विराटनगरमा उद्योगमन्त्री मातृका यादव र प्रदेश नम्बर १ का मन्त्री र एक नम्बर प्रदेशका १६ वटै जिल्लाका उद्योग व्यवसायीहरुको उपस्थितिमा छलफल गर्यौं । माघ मसान्तभित्र सहमतिको वातावरण बनाउने भनिएको छ । अब सरकारले छिट्टै यो समस्या समाधान गर्न पहल गरोस् ।’

प्रधानले मुलुकमा व्यापार घाटा आकाशिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘नेपाललाई चाहिने विस्कुट र चाउचाउ देशकै उत्पादनले पुग्छ, तर बाहिरबाट आयात भैरहेको छ । घरेलु र स्वदेशी उद्योगलाई प्रर्वद्धन गर्नुपर्छ । यतातर्फ सरकारले सोच्नुपर्छ ।’

देशको आर्थिक अवस्था यस्तै रहि रहे नेपाल असफल राष्ट्र बन्नेपनि उनले खतरा औंल्याए । उनले भने,‘आर्थिक अवस्था यस्तै रहीरहे नेपाल ‘फेलियर–स्टेट’ हुन्छ । त्यतातर्फ सबैले ध्यान दिन जरुरी छ ।’

उनले प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्ने सवालमा नेपाल सरकारकै मन्त्रीहरुवीच कुरा बाझिएको प्रति टिप्पणी गर्दै भने, ‘कुन मन्त्रीले के बोल्ने ? भन्ने कुरा पोलिसी लेभलमै राख्नुपर्छ ।’
मार्चमा लगानी सम्मेलन हुन लागिरहेको सुनाउँदै उनले योभन्दा अघि भएको लगानी सम्मेलनको प्रतिफल के आयो ? भन्ने बारे पनि फलो–अप गर्नुपर्ने बताए ।