१५ भाद्र २०८३, सोमबार
,
Latest
बहराइनले नेपाललाई दियो ८८ रन रसुवा बाढी : ९०३ जनाको शव फेला, ४ हजार २४७ जना अझै सम्पर्कविहीन बाढीपीडितको उद्धार र राहतका लागि यातायात व्यवसायी महासङ्घले निःशुल्क बससेवा सञ्चालन गर्ने भोटेकोशी बाढीः रसुवागढी जलविद्युत् आयोजना स्थलमा उद्धार टोली परिचालित दक्षिण कोरियाली राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठनः अर्थ र रक्षासहित ६ मन्त्री मनोनीत रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोजी तथा उद्धार कार्य तिब्र लस एन्जलसको पोमोनामा वार्षिक ‘बबल रन’ सम्पन्न, १० हजारभन्दा बढीको सहभागिता चीनको सेन्जेनमा २४ सै घण्टा सेवा दिने ‘स्मार्ट फूड लकर’ सञ्चालनमा भोटेकोशी बाढीपीडितका लागि पोखराका स‌ङ्घसंस्था र व्यवसायीको सहयोग आइसल्याण्डका नागरिकद्वारा युरोपेली संघसँगको सदस्यता वार्ता पुनः शुरु नगर्ने पक्षमा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही च्यालेन्जर्सको लगातार दोस्रो जित



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा रुपन्देही च्यालेन्जर्ससले लगातार दोस्रो जित हात पारेको छ ।


आज भएको खेलमा रुपन्देहीले विराटनगर किंग्सलाई पाँच विकेटले पराजित गरेको हो ।

९४ रनको सामान्य चुनौती पछ्याएको रुपन्देहीले १३.१ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । रुपन्देहीका लागि पुनित मेहराले उत्कृष्ट ब्याटिङ गर्दै टिम उकासेका थिए । २७ बलको सामना गरेर उनले ४६ रन बनाए ।

त्यस्तै, बाबर हायतले १७ रन बनाएभने अन्य खेलाडी सस्तैमा समेटिएका थिए ।

बलिङतर्फ अविनास यादवले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ९३ रनको झिनो स्कोर मात्रै बनाउन सक्यो । विराटनगरको लागि राजेश पुलामी मगरले अविजित १७, असदुल्लाह खानले १६ र कुशल भुर्तेलले १२ रन बनाए ।

बलिङतर्फ रुपन्देहीका पुनित मेहराले तीन, कप्तान बसन्त रेग्मी र ललितसिंह भण्डारीले समान २२ विकेट लिए ।

सोमबार भएको आफ्नो पहिलो खेलमा रुपन्देहीले महेन्द्रनगर युनाइटेडलाई दुई रनले पराजित गरेको थियो ।