५ पुष २०८२, शनिबार
,
Latest
राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपराष्ट्रपति महेन्द्रनगरमा, सवारी हुने स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको बेदकोटमा बिहिवारदेखि सुरु हुने बेदकोट धार्मिक तथा पर्यटन मेलाको उद्घाटन गर्न उपराष्ट्रपति नन्द बहादुर पुन महेन्द्रनगर पुगेका छन् ।

बेदकोट नगरपालिकाले गरेको मेलाको उद्घाटन गर्न उपराष्ट्रपति बुधवार बिहान महेन्द्रनगर पुगेका हुन् । उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेश प्रमुख मोहन बहादुर मल्लसहित प्रदेश सरकारका सभामुख र मन्त्रीहरु स्वागत गरेका थिए ।

पुन महेन्द्रनगरस्थित होटल ओपेरामा बस्ने छन् । बिहिवार हुने पर्यटन मेलाको उद्घाटन पछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र एसियाकै दोस्रो लामो झोलुङ्गे पुलको अवलोकन गर्ने कार्यक्रम रहेको आयोजक बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिए ।

उपराष्ट्रपति महेन्द्रनगर पुगेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । राजमार्ग लगायत उपराष्ट्रपतिको सवारी हुने विभिन्न स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।