२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ स्वास्थ्य बिमामा नयाँ मोडालिटीका साथ ‘फ्रेस स्टार्ट’ गर्छौँ : मन्त्री मेहता राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने अफगानिस्तानमा विस्फोट हुँदा ७ जनाको मृत्यु दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब देशका कोहि युवा बेरोजगार बस्नु पर्दैन–मन्त्री विश्वकर्मा



अ+ अ-

भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले देशमा अब कोही पनि युवा बेरोजगार भएर बस्नु नपर्ने बताउनुभएको छ ।

आज भक्तपुरको राधेराधेस्थित श्यामाश्यामाधाममा डिभाइन युथ क्लब नेपालले आफ्नो छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको तीन दिवसीय राष्ट्रिय युथ स्प्रीच्युबल ह्यापिनेस क्याम्पमा उहाँले भन्नुभयो, “रोजगारीका लागि युवालाई विदेश पलायन हुनबाट रोक्नु अपरिहार्य रहेको छ, त्यसैले सरकारले युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गरेको छ, अब हाम्रो देशमा युवा बेरोजगार भएर बस्नु पर्दैन ।”

युवालाई आध्यात्मिक चिन्तनबाट सकारात्मक धारणा अभिवृद्धि गरी समाज रुपान्तरण गर्ने कार्यका लागि अभिप्रेरित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

युवाको काँधमा मुलुक परिवर्तन गर्ने जिम्मेवारी आएको बताउँदै उहाँले युवालाई सकारात्मक बाटोमा लाग्न प्रेरणा दिने कार्यक्रम अघि सार्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष सोम शर्मा बजगार्इं, गैसस महासङ्घका केन्द्रीय सदस्य बालमुकुन्द सुवाल, डिभाइन युथ क्लब नेपालका अध्यक्ष उद्धवराज पाण्डेलगायतले बालबालिकालाई सानैदेखि सामाजिक एवं मानव कल्याणका क्षेत्रमा लाग्न श्यामाश्यामाधाम एवं डिभाइन युथ क्लबले देशव्यापीरूपमा महत्वपूर्ण कार्य गर्दै आएको चर्चा गर्नुभयो ।

देशभरबाट युवाको सहभागिता रही तीन दिनसम्म चल्ने क्याम्पमा सीपमूलक प्रशिक्षण, सामाजिक सेवा, प्रादेशिक पहिचान झल्कने सांस्कृतिक कार्यक्रम, युवाका लागि तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षणलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने क्लब अध्यक्ष निरज घिमिरे जानकारी दिनुभयो ।