८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सरकारको एक वर्ष : तय भएन विदेश नीति

सरकारको एक वर्ष : तय भएन विदेश नीति
अ+ अ-

प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन गरेको एक वर्ष पूरा भएको छ । यो अवधिमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका उल्लेख्य विदेश भ्रमण सम्पन्न भए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईपटक औपचारिक भ्रमण, बिमस्टेकको चौथो शिखर सम्मेलन सम्पन्न भयो । नेपालले छिमेकबाट बाहिर निस्केर अमेरिका, जापानसँग औपचारिक कूटनीतिक वार्ता ग¥यो । तर, पूर्वघोषित विदेश नीति र कूटनीतिक आचारसंहिता पुनरावलोकन भएन । 

कूटनीतिक आचारसंहिता र परिवर्तित सन्दर्भमा विदेश नीतिको पुनरावलोकनका लागि सरकारले पूर्वघोषित राष्ट्रिय संवाद नै आयोजना गरेन । यद्यपि, सरकारले आर्थिक कूटनीति सञ्चालनका लागि यसबीचमा देशगत रणनीतिको मस्यौदा तयार गरेको छ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका कार्यान्वयनमा आइसकेको छ, जसअनुसार राजदूतहरूले राष्ट्रपतिसमक्ष शपथ लिन थालेका छन् । 

के–के भयो एक वर्षमा ?
एक वर्षमा विराटनगरमा रहेको विवादित भारतीय अस्थायी क्याम्प कार्यालय बन्द भयो । भारतसँग ऊर्जा व्यापारमा उत्पन्न झमेला समाधान भयो । चीनसँग पारबहनसम्बन्धी प्रोटोकलमा सहमति भयो । अमेरिकासँग लामो समयपछि द्विपक्षीय वार्ता भयो । नेपाल र जापानबीच परराष्ट्रमन्त्रीस्तरमा भ्रमण आदान–प्रदान भयो । छिमेकमा सीमित रहेको नेपालले परराष्ट्र सञ्चालनमा दायरा विस्तार ग-यो । यी बाबजुद विदेश नीति सञ्चालनको मूल दस्ताबेज तयार हुन सकेन । परराष्ट्रसचिव शंकरदास वैरागीले विदेश नीति पुनरावलोकनका सन्दर्भमा आन्तरिक छलफल भइरहेको जानकारी दिए । 
तयार थियो विदेश नीति पुनरावलोकन प्रतिवेदन
परराष्ट्रनीति पुनरावलोकनका लागि सिफारिस गर्न दुई वर्षअघि गठित उच्चस्तरीय कार्यदलले गत वर्ष २५ माघमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो । परराष्ट्रमन्त्री अध्यक्ष रहेको कार्यदलले बुझाएको ७८ पेज लामो प्रतिवेदनलाई समेत समावेश गरेर विदेश नीति पुनरावलोकन गर्ने सरकारको तयारी थियो ।

परराष्ट्र मन्त्रालयले गत असारमा प्रधानमन्त्रीलाई पेस गरेको वार्षिक कार्ययोजनामा विदेश नीति परिमार्जनका लागि सरोकारवालासँग राष्ट्रिय संवाद गर्ने र कार्यदलले दिएका सुझाबसमेत समावेश गरेर प्रतिवेदन तयार गर्ने उल्लेख छ । प्रचण्ड नेतृत्वको सरकारले २९ चैत ०७३ मा तत्कालीन परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति गठन गरेको थियो । प्रा. श्रीधर खत्रीलाई संयोजक तोकिएको कार्यदलले १० महिना लगाएर प्रतिवेदन तयार गरेको थियो । प्रतिवेदन मन्त्रिपरिषद् सदस्यले अध्ययन गरिरहँदा सरकार परिवर्तन भएका कारण पारित हुन सकेन । 

परराष्ट्रसचिव शंकरदास वैरागी भन्छन् ‘विदेश नीति पुनरावलोकनको विषयमा आन्तरिक छलफल भइरहेको छ’

प्रतिवेदनमा के थियो ?
प्रतिवेदनमा छिमेकसँग नेपालले चाहेको के हो भन्ने स्पष्ट हुनुपर्ने उल्लेख छ । प्रस्तावित विदेश नीतिमा भनिएको छ– ‘भारतसँग नेपालले चाहेको के हो, स्पष्ट हुनुपर्छ । राजनीतिक, आर्थिक वा अन्य मूलभूत उद्देश्य स्पष्ट परिभाषित हुनुपर्छ ।’ नेपालले बदलिँदो भारत र चीनको सामथ्र्य र महत्व  बढ्दै गएको विश्व परिवेशमा विदेश नीतिलाई एसियातर्फ बढी केन्द्रित गर्नुपर्ने सुझाब प्रतिवेदनमा छ ।

यसका लागि परराष्ट्रमा भारत र चीन मात्रै हेर्ने गरी दुई डिभिजन बनाउनुपर्ने, छिमेकका भाषा (नाम उल्लेख छैन) को समेत ज्ञान भएको दक्ष र पर्याप्त जनशक्ति राखिनुपर्ने मात्र होइन, दिल्ली र बेइजिङका दूतावासको स्तरवृद्धि हुनुपर्ने उल्लेख छ । छिमेकीसँग वार्ता गर्दा ‘व्यवहारवादी र परिणाममुखी’ मापदण्ड र तौरतरिका अपनाउनुपर्ने सुझाब छ । भारत र चीनको नेपाल नीति बुझ्ने संयन्त्र सम्बन्धित नेपाली दूतावास भए पनि प्रभावकारी नभएको प्रतिवेदनले औँल्याएको छ । 

भारतसँगको असमझदारी अन्त्य हुनुपर्ने, तर त्यो राजनीतिक तहमा मात्रै राख्न नहुने प्रतिवेदनमा छ । राजनीतिक तहमा हुने समझदारी कार्यान्वयनका लागि दुवै देशको कर्मचारी तहमा ‘फलोअप’ गर्ने संयन्त्र निर्माणमा जोड दिइएको छ । (नयाँ पत्रिकामा पर्शुराम काफ्लेकाे रिपाेर्ट)