८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

नेकपा एकता अलमलमा, मिलेन भागबन्डा

नेकपा एकता अलमलमा, मिलेन भागबन्डा
अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता अलमलमा परेको छ । शीर्ष नेताको भागबन्डामा कुरा नमिलेपछि एकता नै टुंगो लाग्न नसकेको हो ।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच भागबन्डा नमिलेपछि एकता अलमलमा परेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

तत्कालीन एमाले र माओवादीबीचमा ३ जेठमा पार्टी एकीकरण भएको थियो । एकीकरण सभामा शीर्ष नेताले तीन महिनाभित्र पार्टी एकता टुंगो लगाउने उद्घोष गरेका थिए ।

हालसम्म सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएका छन् । घोषणा भइसकेका प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालबीचमा विवाद रहेको छ ।

केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।

नेकपाका एक नेताका अनुसार मुख्य समस्या तीन नेतामा नै रहेका कारण एकता टुंगो लाग्न नसकेको हो । अध्यक्षद्वय ओली, दाहाल र वरिष्ठ नेता नेपालबीच भागबन्डा मिल्न नसकेकै कारण एकता टुंगो लाग्नमा समस्या भएको दाबी उनले गरे ।

‘अध्यक्षद्वय ओली र दाहाल तथा वरिष्ठ नेता नेपालबीच भागबन्डा नमिलेकै कारण एकतामा ढिलाइ भइरहेको छ,’ ती नेताले भने, ‘नेकपा अब नेकपा रहेन, प्रालि जस्तो भइसक्यो, कार्यदल गठन हुन्छ, सचिवालय छ तर पनि तीन कम्पनीका बीचमा भागबन्डा नमिलेरै एकता टुंगो अलमलमा परेको छ ।’

पछिल्लो नौ महिनामा एकता टुंगो लगाउन चार कार्यदल गठन गर्दै विघटन हुँदै भए । केन्द्रीय सचिवालयमा गहन छलफल भए पनि टुंगो लाग्न समस्या हुने गरेको दाबी उनको छ । एकता टुंगो लाग्न नसक्दा हजारौं नेता कार्यकर्ता जिम्मेवारीविहीन हुनुका साथै पार्टी सञ्चालन तथा त्यसको प्रभाव सरकारमा समेत परिरहेको विश्लेषण उनले सुनाए ।

‘प्रदेश इन्चार्ज, विभाग प्रमुख, जनसंगठन अध्यक्ष, जिल्ला अध्यक्षलगायतमा कसको कति भाग हुन्छ भन्ने नै टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘सबै कुरामा भागबन्डा मिलेपछि मात्रै अन्तिम टुंगो लगाउँदै घोषणा हुन्छ, किस्ताबन्दीमा भागबन्डा मिलाउने प्रयास पनि जारी नै छ ।’

स्थानीय तहदेखि जिल्ला, जनवर्गीय संगठन, विभागहरूको टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता निराश बनेका छन् । जिम्मेवारीविहीन भएका उनीहरूले नेतृत्वप्रति आक्रोश व्यक्त गर्न सुरु गरिसकेका छन् ।

तर नेकपा वरिष्ठ नेता झलनाथ खनालले एकता छिटै टुंगो लाग्ने दाबी गरे । आइतबार सचिवालय बैठक बोलाइएको र सो बैठकमा पछिल्लो समय गठन भएको कार्यदलको प्रतिवेदन प्रस्तुत गर्दै एकता विषयमा छलफल हुने उनले बताए ।

‘पछिल्लो समय गठन भएको कार्यदलको प्रतिवेदन आइतबार बस्ने सचिवालय बैठकमा प्रस्तुत हुनुका साथै छलफल हुन्छ,’ खनालले भने, ‘एकताको अन्तिम टुंगो पार्टी स्थायी कमिटीले नै लगाउनेछ ।’

पार्टी एकताको विषयलाई लिएर आफूहरू गम्भीर भएको बताउँदै उनले एकता छिट्टै टुंगो लगाउने बताए । पार्टी सचिवालयले एकतालाई टुंगो लगाएर छिट्टै नै देशैभरि अभियान सञ्चालन गर्ने तयारी गरेको र स्थायी कमिटीले पनि सो विषयमा छलफल गरिसकेको उनले बताए ।

नेकपा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकता छिटै नै टुंगो लगाउने गरी ‘हाइकमान्ड’ लागेको बताए । पार्टी स्थायी कमिटीका साथै सचिवालयले एकता टुंगो लगाउँदै सबै नेतालाई जिम्मेवारी दिने तयारी भएको उनले बताए ।

‘स्थायी कमिटीसहित सिंगो सचिवालय पार्टी एकता टुंगो लगाउन तातेको छ, हाइकमान्ड नै तातेपछि छिटै टुंगो लाग्छ’ साहले भने, ‘सबै नेता कार्यकर्तालाई जिम्मेवारी दिने गरी टुंगो लगाउने अन्तिम तयारीमा हाइकमान्ड जुटेको छ ।’

पार्टी एकता टुंगो लाग्न नसक्दा त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको बताउँदै उनले एकीकरण सकेर देशैभरि अभियान सञ्चालन हुने बताए । पार्टी एकताको सन्देशका साथै सरकारका कामबारे देशभरि अभियान सञ्चालन गरी जनतालाई जानकारी गराउने उनले बताए ।