१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली सरकारको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन पनि ‘मार्क’ नपुगेको निबन्ध जस्तो



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षे कार्यकालमा गरेका कामलाई तेस्रो श्रेणीमा पास हुन पनि मार्क नपुगेको निबन्धको संज्ञा दिएको छ ।

आइतबार पार्टी कार्यालय सानेपामा सरकारको एकबर्षै कार्यकालको समीक्षा गर्न बसेको बैठकले यस्तो आरोप लगाएको हो ।

पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘प्रधानमन्त्रीको एक वर्षे कार्यकाल तेस्रो श्रेणीमा पास हुन पनि मार्क नपुगेको निबन्ध जस्तो छ ।’

सँगै प्रवक्ता शर्माले ओली नेतृत्वको सरकारले एक वर्षमा सबैभन्दा बढी विश्वसनीयता गुमाएको बताए ।