८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’

पर्वतीय क्षेत्रमा उद्वारका लागि सशस्त्र प्रहरीको ‘तालीम शिक्षालय’
अ+ अ-

काठमाडौँ । पर्वतीय क्षेत्रको विपद् जोखिम न्यूनीकरण र उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले तालीम शिक्षालय बनाउने भएको छ ।

सरकारबाट कार्यक्रम स्वीकृत भएर आएसकेकाले शिक्षालय स्थापनाका लागि गृहकार्य थालिएको हो । हिमालय क्षेत्रमा हुने जोखिम न्यूनीकरण र जोखिममा परेकाको उद्धारका लागि जनशक्ति तयार गर्न सो शिक्षालय स्थापना गर्ने प्रक्रिया शुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

“शिक्षालय कहाँ राख्ने यकिन भएको छैन तर हामीले मनाङको दुई–तीन स्थानमा जग्गा हेरेका छौँ, जग्गा उपलब्ध हुन बाँकी रहेकाले कुन प्रकृतिको जग्गा प्राप्त हुन्छ, त्यही आधारमा बजेट निर्धारण हुन्छ ।” उहाँले भन्नुभयो ।
यसअघि आ–आफ्नो क्षेत्रमा भएका एकाइ र विपद् व्यवस्थापन तालीम केन्द्रमार्फत पर्यतीय क्षेत्रमा उद्धार हुँदै आएकामा छुट्टै शिक्षालय स्थापनापछि हिमालय क्षेत्रको विपद् व्यवस्थापनमा सहयोग मिल्ने आशा गरिएको छ ।

शिक्षालयका लागि प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा १७६ जनशक्ति आवश्यक पर्छ । तत्कालका लागि पूरै व्यवस्थापन गर्न नसकिए प्रहरी उपरीक्षककै नेतृत्वमा भए पनि एकाइ स्थापना गरेर काम अगाडि बढाउने सोच सशस्त्र प्रहरीको छ । त्यसका लागि केही महीना लाग्ने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
सशस्त्रमा अहिले नुवाकोटको ककनीमा युएन पिस किपिङ्ग तालीम शिक्षालय छ । चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालीम शिक्षालय, पोखरामा दङ्गा नियन्त्रण तालीम शिक्षालय, नवलपरासीको वर्दघाटमा सीमा सुरक्षा तालीम शिक्षालय र बाँकेमा सशस्त्र प्रहरी जवान तालीम शिक्षालय छ ।

सबै शिक्षालयको नेतृत्व गर्ने गरी काठमाडौँको मातातीर्थमा सशस्त्र प्रहरी बल नेपाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान खोलिएको छ । अब पर्वतीय क्षेत्रलाई केन्द्रित गरिएको नयाँ शिक्षालय थप्न लागिएको सशस्त्र प्रहरीले जनाएको छ ।

हिमाली क्षेत्रमा उद्धार र जोखिम न्यूनीकरण आवश्यक देखेर सशस्त्र प्रहरीले शिक्षालय स्थापना गर्न लागेको जानकारी दिँदै प्रवक्ता श्रेष्ठले उत्तरी क्षेत्रको सीमा सुरक्षा मजबुत बनाउनु पनि अर्को उद्देश्य रहेको बताउनुभयो ।

यही शिक्षालयमार्फत उत्तरी क्षेत्रको ‘बोर्डर आउट पोष्ट’ राख्ने योजना सशस्त्र प्रहरीको छ । अहिले नेपालको भारतीय सीमा क्षेत्रमा मात्रै १०४ सीमा सुरक्षा एकाइ स्थापना गरिएको छ । अब केही एकाइ थपेर १८४ पु¥याउने लक्ष्य राखिएको जनाइएको छ ।

पर्वतीय क्षेत्रको जोखिम न्यूनीकरण गर्न स्थापना हुन लागेको उक्त शिक्षालयका लागि योजना बनाउन गृहमन्त्री थापाले सशस्त्र प्रहरीलाई निर्देशन दिएसँगै काम तीव्र रुपमा अगाडि बढाइएको छ । विसं २०५८ मा स्थापना भएको सशस्त्र प्रहरीमा हाल ३७ हजार जनशक्ति छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सशस्त्र प्रहरीको विपद् व्यवस्थापन समूहले छोटो समयमै उत्कृष्ट काम गर्दै आएको भन्दै सो समूहको प्रशंसा गर्नुभएको थियो ।

नेपाली सेनाको भने जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयले जनशक्ति तयार पार्दै हिमालय क्षेत्रमा उद्धारको काम गर्दै आएको छ । योसँगै विपद् व्यवस्थापन निर्देशनालय र शिक्षालयले पनि सँगसँगै काम गर्ने गरेको सैनिक प्रवक्ता यमनाथ ढकालले जानकारी दिनुभयो ।

नेपाल प्रहरीकोमा भने विपद् व्यवस्थापन सम्बन्धी छुट्टै तालीम केन्द्र नभए पनि विपद् व्यवस्थापन महाशाखामार्फत काम हुँदै आएको छ । यस्तै पर्वतीय क्षेत्रको उद्धार तथा जोखिम न्यूनीकरणका लागि पर्वतीय शाखामार्फत प्रशिक्षण दिने गरिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । पर्वतारोहणमा गएका बेला हिउँ पहिरोमा पर्ने, फस्ने, बिरामी हुने र दुर्घटना पनि हुने सम्भावना हुन्छ ।