१५ भाद्र २०८३, सोमबार
,
Latest
एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो कांग्रेस काभ्रेद्वारा पार्टीको केन्द्रीय कोषलाई १७ लाख ६२ हजार हस्तान्तरण रसुवा बाढीमा परी निधन भएकाको पशुपति आर्यघाटमा निःशुल्क दाहसंस्कार गरिने रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

डीपीएल: काठमाडौँ र महेन्द्रनगर प्ले अफमा



अ+ अ-

धनगढी । काठमाडौँ गोल्डेन्स तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको क्वालिफायर्समा पुगेको छ।

गोल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई १ सय रनले पराजित ७ अंक बटुल्दै क्वालिफायर्समा पुगेको हो । टस जितेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ १३३ रन बनाएको थियो ।

जवाफमा आएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अल आउट भयो। नन्दन यादव ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिए। त्यस्तै, ललितनारायण राजवंशी र सूर्य तामाङले २र२ तथा अंकित दबास र योगेन्द्रसिंह कार्कीले समान १–१ विकेट लिए।

प्रदीप ऐरी ४ तथा सन्दीप सुनार, बाबर हायत, पुनित मेहेरा र बिक्रम सोब समान ३ रनमा आउट भए।

विनोद भण्डारीले १ रन मात्रै बनाए ।

यस अघि काठमाडौँको तर्फबाट अंकित दबासले सर्वाधिक ४३ रन बनाए। गौरव तोमार ८ अनिलकुमार साह २३, कप्तान ज्ञानेन्द्र मल्ल १२, मोहम्मद आलाम ११, योगेन्द्रसिंह कार्की १३ रनमा आउट भए।

रुपन्देहीका ललित भण्डारी, अनिल खरेल र पुनित मेहेराले समान २–२ विकेट लिए।

यसअघि भएको खेलमा महेन्द्रनगर युनाइटेडले सीवाईसी अत्तरियालाई सात विकेटले पराजित गरेको थियो । विराटनगरको हारसँगै महेन्द्रनगर नेट रनरेटको आधारमा पछि पार्दै प्लेअफमा पुगेको छ ।