१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा भएको झडपमा प्यालेस्टिनी नागरिक र इजरायली सैनिक घाइते



अ+ अ-

गाजा सिटी । उत्तरी गाजा क्षेत्रमा आइतबार भएको झडपमा १९ जना प्यालेस्टिनी नागरिक र एक जना इजरायली सैनिक घाइते भएका छन् ।

इजरायली सेनाले जारी गरेको ट्वीटमा भनिएको छ, “प्यालेस्टिनीले प्रहार गरेको विस्फोटक पदार्थ पड्किएर एक जना इजरायली सैनिक घाइते भएका छन् ।” विस्फोटक पदार्थ फालिएपछि सेनाले गरेको जवाफी कारबाहीमा हमास लडाकू समूहका दुई वटा पोस्ट ध्वस्त भएको सेनाले जनाएको छ ।

हमास नेतृत्वमा रहेको गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको गोली लागेर १९ जना प्यालेस्टिनी घाइते भएको बताएको छ ।

इजरायलसँग सीमा जोडिएको गाजा क्षेत्रमा हरेक साता भेला हुने प्यालेस्टिनी र इजरायली सेनाबीच हिंसात्मक भिडन्त हुने गरेको छ । योक्रम एक वर्षदेखि जारी छ ।

गत वर्ष मार्च ३० तारिखदेखि यतामात्र इजरायली सेनाको गोली लागेर कम्तीमा २५० जना प्यालेस्टिनीको मृत्यु भइसकेको छ । अधिकांशको मृत्यु सीमा क्षेत्रमा भएका प्रदर्शनका क्रममा भएको छ भने केहीको इजरायली टैंक र हवाई आक्रमणमा मृत्यु भएको छ ।

यही अवधिमा दुई जना इजरायली सेनाको मृत्यु भएको छ । इजरायलले सीमा सुरक्षा गर्न र अवैध प्रवेश रोक्न सैनिक कारबाही गर्नु परेको स्पष्ट गरेको छ ।