८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने

प्रतिनिधिसभामा ‘लुट्न सके लुट’ पाठक !

प्रतिनिधिसभामा ‘लुट्न सके लुट’ पाठक !
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले चर्चा पाएको छ ।

भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन माग गरे । उनिहरुले संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा पनि जोड दिए ।

सांसद अमृता थापा र गणेश पहाडीले दोषी देखिए पाठकलाई
कारवाही हुनुपर्ने माग गरे ।

सांसद अमरेशकुमार सिंहले गायक शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन हुने टिप्पणी गरे । सांसद झपटबहादुर रावलले गायक शर्माको गीतमा सरकारले कुनै पनि प्रतिबन्ध जिकिर गरे ।

सांसद उमाशङ्कर अर्गरियाले ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेकोे भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद घनश्याम खतिवडाले मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणले जनताले दुःख पाएको भन्दै त्यस्ता ठेकेदारमाथि कडा कारवाही गर्न माग भयो ।

बैठकमा सांसद अमनलाल मोदीले किसानलाई सहज र सुलभरुपमा मलको व्यवस्था गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद आशाकुमारी विकले हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

सांसद इन्दुकुमारी शर्माले बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद उमा रेग्मीले मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्को व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै तुरुन्त यसमा आवश्यक सुधार गर्न माग गरे ।

सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको छ भन्दै तत्काल उचित व्यवस्था गर्न माग गर्नुभयो भने सांसद कृष्णप्रसाद दाहालले काठमाडौँमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको छ भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गर्र्नुभयो । सांसद गोपालबहादुर बमले संसद्को शून्य समयको सुनुवाइ पनि शून्य भएको छ भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गरे ।

सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय हो भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहको सरकारले महाअभियानका रुपमा लैजानुपर्ने बताए ।