१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपाल कुन बार काट्दा आयु बढ्छ ? यस्तो छ तथ्य



अ+ अ-

शास्त्र । पौराणिक मान्यताअनुसार कपाल काट्न हुने र नहुने दिन पनि फरक–फरक छन् । आइतबार कपाल खौरिँदा एक महिना आयु घट्न सक्ने, मंगलबार काट्दा आठ महिना आयु घट्ने र शनिबार काट्दा एक वर्ष आयु घट्ने मान्यता छ ।

त्यस्तै, सोमबार कपाल काट्दा सात महिना आयु बढ्ने, बुधबार पाँच महिना बढ्ने, बिहीबार कपाल काट्दा १० महिना र शुक्रबारः ११ महिना आयु बढ्ने मान्यता रहिआएको ज्योतिष गुरु पराचरले बताए ।

यसो त साउन महिनामा कपाल काट्नै हुन्न । शास्त्रीय मान्यताअनुसार साउनभरि भगवान विष्णु आफ्नो कुटीमा आराम गर्न बस्छन् । उनी आराम गर्न बसेको बेला कपाल काट्न हुँदैन । कपाल काट्ने कार्य शुभकर्म भएकाले पनि भगवान विष्णु सुतेका बेला शुभकर्म गर्न नहुने मान्यता रहेको ज्योतिष गुरु पराचरले बताए ।

‘शास्त्रीय परम्पराअनुसार विष्णुको अनुपस्थितिमा कपाल काट्न हुँदैन,’ उनले भने, ‘यो महिनामा विष्णुको भजन, कृतन गर्ने र हरियो लगाउने परम्परा छ, यो महिनामा कपाल काट्दा बिरामी परिन्छ भन्ने परम्परा छ ।’