१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० : मलेसियाविरुद्ध नेपालको सानदार जित



अ+ अ-

काठमाडौँ । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । १ सय २७ रनको लक्ष्य पछ्याउने क्रममा मलेसिया ९२ रनभित्र समेटिएपछि नेपालले ३४ रनको जित निकालेको हो ।

थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर १२६ रन बनाएको थियो ।

नेपालका लागि शुरुआती ब्याट्सम्यान सीता रानामगरले ४२ रन जोडिन् । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाइन् । त्यस्तै काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले छ रन जोडिन् ।

मलेसियाका लागि दुराइसिंगम, शाशा आज्मी र जुमिका आज्मीले १–१ विकेट बाँडेका थिए । यसैगरी नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि मलेसियाका ब्याट्सउमनहरु विकेटमा टिक्न सकेनन् । नेपालका लागि करुणा भण्डारी र सरिता मगरले २(२ विकेट बाँडेका थिए । यस्तै सिता रानामगर र कविता कुँवरले १–१ विकेट बाँडे ।

मलेसियाका लागि क्रिस्टिना बारेले सर्वाधिक २१ रन बनाइन् । मलेसियाका तीन ब्याट्सउमनले मात्र दोहोरो अंकमा रन बटुलेका थिइन् ।

नेपालले मलेशियापछि दोस्रो खेलमा आयोजक थाइल्याण्डसँग बिहीबार खेल्नेछ ।

एशिया छनोटमा नेपालसहित सात राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेशिया, कुवेत, चीन र हङकङ रहेका छन् । राउण्ड रोबिनका आधारमा हुने छनोटको विजेताले आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।