१५ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे रसुवा बाढी : सेनाका हेलिकप्टरबाट ३३० जनाको उद्धार एसिसी प्रिमियर कप क्रिकेट : बहराइनमाथि नेपालको जित रसुवा जाने वैकल्पिक सडक निर्माणमा मुख्यमन्त्री थापा आफैँ फिल्डमा रसुवा बाढी : ४ हजार २०२ जना बेपत्ता, तथ्यांक अझै यकिन नभएको प्राधिकरणको भनाइ तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा मानिस नभेटिएपछि सेना फर्कियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलको २५ करोड फिर्ता, किसानले प्राप्त गरेको पुष्टि हुने गरी ‘यथार्थ कागजात’ फेला परेन



अ+ अ-

काठमाडौँ । कृषि सामग्री कम्पनीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई २५ करोड रुपैयाँ फिर्ता गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले उक्त रकम फिर्ता गरेको जानकारी दिए।

कम्पनीलाई खरिद गरेर किसानलाई उपलब्ध गराउन रकम दिइएकोमा त्यो काम नगरेपछि
रकम फिर्ता मागिएको हो।

मन्त्रालय स्रोतका अनुसार कृषि तथा पशुपन्छी मन्त्रालयबाट वार्षिक पाउने अनुदानित मलकै कोटामा रहेको स्टकबाट रासायनिक मल वितरण गरी कृषि सामग्रीले थप २५ करोडको नक्कली तथ्य उपलब्ध गराएर परियोजनाको रकम हिनामिना गर्ने नियत राखेको थियो।

रकम उपलब्ध गराउने निकाय प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख लक्ष्मण पौडेलले आफैले पनि उक्त रकम बराबरको मल किसानले प्राप्त गरेको पुष्टि हुने गरी ‘यथार्थ कागजात’ फेला नपरेको जानकारी दिएका थिए।