१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय गायक सोनु निगम नर्भिक अस्पतालमा भर्ना



अ+ अ-

काठमाडौँ । भारतीय गायक सोनु निगम थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् । उनी ढाडमा असह्य पीडा महसुस भएपछि मंगलबार दिउँसो साढे एक बजे अस्पताल भर्ना भएका हुन् ।

उनको रक्तजाँच तथा एक्स रे गरिएको र एमआरआई पनि गरिने अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई अहिले नर्भिक अस्पतालको भीआईपी स्वीट ५०१ मा राखिएको छ भने डा. पंकज जलान, डा.प्रवीण नेपाललगायतको टिमले उनको उपचार गरिरहेको छ ।

यसअघि पनि सोनु निगमलाई सी फूडका कारण छालासम्बन्धी एलर्जी भएपछि भारतकै एक अस्पतालमा केही दिन भर्ना गरिएको थियो ।