१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२२ अंकले शेयर बजारमा सुधार



अ+ अ-

काठमाडौँ । निरन्तर ओरालो लागिरहेको शेयर बजार सोमबार राति राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेसँगै मंगलबार २२ अंक भन्दा बढीले बजारमा सुधार देखिएको हो ।

मंगलबार शेयर बजार २२ दशमलव ४४ अंकले बढ्दा नेपसे परिसूचक १ हजार १ हजार १ सय २४ दशमलव ९६ को विन्दुमा उक्लेको छ । दिनभर तीव्र उचारचढाव देखिएको सेयर बजारका सबै समूहहरु बढेर हरियाली देखिएका छन् ।

दिनभर भएका ४ हजार ५ सय ६८ कारोबारबाट १ सय ६७ कम्पनीका ७ लाख १४ हजार ८ सय ७६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २१ करोड ४५ लाख ८८ हजार ६ सय १९ रुपैयाँ पुगेको छ ।

कारोबार रकमका आधारमा मंगलबार माथिल्लो तामाकोशी जलविद्युत् आयोजना अग्रस्थानमा देखिएको छ । माथिल्लो तामाकोशीको १ करोड २७ लाख ९३ हजार ८ सय ३० रुपैयाँको कारोबार भएको छ । यसको मंगलबारको सेयर मूल्य २ सय ३२ रुपैयाँ रहेको छ ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा नागरिक लगानी कोष देखिएको छ । कोषको ९७ लाख १९ हजार ६ सय ९० रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार धेरै कमाउनेहरुमा जीवन बीमा कम्पनीका लगानीकर्ताहरु देखिएका छन् । जीवन बीमाको सबैभन्दा धेरै २ सय ५१ दशमलव ७३ अंकले बढेको छ । जीवन बीमा पछि निर्जिवन बीमाका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यस समूह १ सय ५३ दशमलव ९३ अ।कले बढ्दा फाइनान्स समूह भने स्थिर देखिएको छ ।