१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिभी लोटरीले अमेरिका पुग्ने सपानालाई नक्कली प्रमाणपत्रले रोक्यो



अ+ अ-

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र देखाएर अमेरिका जान लागेको एक जना पक्राउपरेका छन् । डिभी लोटरी परेपछि अमेरिका जाने प्रक्रिया पुरा गर्न महाराजगन्जस्थित अमेरिकी दूतावासमा पुगेका एक जना युवकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–५ विकास चोकका २६ वर्षीय निखिल पराजुली रहेका छन् । उनले प्लस टु को नक्कली प्रमाणपत्र दूतावासमा पेश गरेका थिए ।

दूतावासको जानकारीका आधारमा पराजुलीलाई महाशाखाको टोलीले मंगलबार महाराजगन्ज क्षेत्रबाटै पक्राउ गरी हिरासातमा लिएको हो । थप कारबाहीका लागि उनलाई महानगरीय प्रहरी परिसरमा बुझाइएको महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।