२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार आयुक्त पाठकमाथि कारबाही, दीप बस्न्यातलाई तनाव



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनाराण पाठकमाथि अख्तियारले कारबाही थालेको छ । संवैधानिक निकायका सदस्यमाथिको कारबाही कसरी गर्ने भन्ने बारेमा अख्तियारले मागेको रायबमोजिम महान्यायाधिवक्ताको कार्यालयले अख्तियारले नै कारबाही अघि बढाउन पाउने सुझाव दिएपछि उनीमाथि छानबीन आयोग गठन गरी काम सुरुगरेको छ । यसरी उनीमाथि अख्तियरमा नै उजुरी दिएपछि कारबाही थालिएको र सम्भवत एक दुई दिनमा उनी अख्तियारको थुनामा पनि पर्ने सम्भावना छ ।

तर यहाँ उल्लेख गर्न खोजिएको एक रमाइलो प्रसंग के हो भने पाठकमात्र पनि त्यो घुस काण्डका दोषी ठहर नहुन पनि सक्ने देखिन्छ । त्यो घुस काण्डमा अख्तियारकै पूर्व कार्यबाहक प्रमुख रहेका दीप बस्न्यात पनि पर्न सक्ने देखिएको छ । बस्न्यातलाई पाठकले पोल्न सक्ने पछिल्लो रहस्य खुलेको छ । आइतबार बिहान पाठकसहित बस्न्यात, र अन्य आयुक्तहरु सावित्री गुरुङ तथा गणेशराज जोशी बस्न्यातको बानेश्वर हाइटमा रहेको घरमा बैठक बसेको थियो ।

सो बैठकमा बस्न्यात र ती आयुक्तहरुले अख्तियारले यसरी आफ्नै पूर्व आयुक्तमाथि छानबीन गर्दा आयोगको इज्जतमाथि मान मर्दन हुने भन्दै त्यसो नगर्न उनीहरुले नविनकुमार घिमिरेमाथि दबाब दिने निर्णय गरेका थिए । उनीहरु यो निर्णय लिएर प्रमुख आयुक्त घिमिरेको घरमा पुगेका बताइएको छ । तर यस बारेमा आयुक्त जोशीले भने केही जवाफ नदिएको समाचार स्रोतले जनायो ।

आफूले बस्न्यातको सल्लाहअनुसार नै यो काम गरेको भन्दै यदि आफूमाथि छानबीन हुने हो भने आपूmले पनि सोही अनुसारको बयान दिने भन्दै पाठकले बस्न्यातलाई चेतावनी दिएको पनि समाचार स्रोतले जनायो ।

स्रोतले भन्यो, यदि अख्तियारले छानबीन नै गर्यो र पाठकमाथि बयान लिने काम भयोभने उनले बस्न्यातलाई पनि पोल्ने छन् र उनीमाथि पनि यसैगरी कारबाही हुनेछ । त्यसैकारण अहिले अघि बढेजस्तै कारबाहीको प्रक्रियाले पूर्णता पायोभने त्यसले बस्न्यातलाई तनाब हुने निश्चित देखिन्छ ।