१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रबिन्द्र मिश्रका कायकर्ता पक्राउ



अ+ अ-

काठमाडौँ । रबिन्द्र मिश्रले नेतृत्व गरेको विवेकशील साझाका कायकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानको केन्द्रीय कार्यालय अगाडि धर्ना कार्यक्रम गर्दा नियन्त्रणमा लिएको हो ।

बुधबार बिहान विवेकशील साझाले अख्तियार अगाडि ठूलो माछा कता छन् ? सिंहदरबार जता छन्’, ‘अख्तियारको बल्छी, साना माछा मात्रै पर्ने’ लगायतका नारा लेखिएका प्लेकार्डसहित धर्नामा उत्रिदा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अहिलेसम्म नेपाल प्रहरीले विवेकशीलका के कति कायकर्ता नियन्त्रणमा लिएको छ भन्ने बारेमा संख्या खुलाएको छैन ।