१५ भाद्र २०८३, सोमबार
,
Latest
केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र जलवायुजन्य विपद्को क्षतिपूर्ति विकसित देशले दिनुपर्छ: अध्यक्ष ओली रसुवा बाढी : नेपाली सेनाले ३३० जनाको उद्धार गर्‍यो, सुरुङमा खोजी जारी प्रधानमन्त्री शाह र रवि लामिछानेबीच भेटवार्ता, बाढी प्रभावित क्षेत्रको उद्धार र राहतबारे छलफल राहत पुगेन भन्दै ओलीको सरकारप्रति असन्तुष्टि भोटेकाशी बाढीपीडितका लागि धनगढी उपमहानगरको ४१ लाख सहयोग बाढी प्रभावित रसुवामा विद्युत् सेवा पुनःस्थापनाका लागि साञ्जेन जलविद्युत् गृह आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी बाढीपीडितको सहयोगार्थ एमाले केन्द्रिय कमिटीले ओलीलाई दियो १० लाखको चेक बाढी प्रभावित रसुवा र नुवाकोटमा ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो नुवाकोटकाे त्रिशुली पुगे ऊर्जामन्त्री श्रेष्ठ, गृहमन्त्रीसँगै छलफलमा जुटे
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग जिताएर फ्यानहरूलाई खुसी दिन चाहान्छु : मेस्सी



अ+ अ-

काठमाडौँ । युरोपिन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत गए राति भएको पहिलो लेगको खेलमा बार्सिलोना लियोनसँग गोलरहित बराबरीमा रोकिएपछि कप्तान लियोनल मेस्सी चिन्तित बनेका छन् । मेस्सीले लियोनका गोलरक्षक एन्थोनी लोपेसले रक्षात्मक खेल खेलेको कारण जित निकाल्न नसकेको बताएका हुन् ।

खेलपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले‘ बार्सिलोना तित्ने लक्ष्यका साथ अगि बढेपनि लियोनका गोलरक्षक एन्थोनी लोपेसले गोल गर्ने मौकामा खम्बा बनेर उत्रिएको बताए । उनले भने,हाम्रो म्ख्य लक्ष्य यो खेलमा जित निकाल्नु थियो तर हामीलाई अवे खेलमा गोल गर्न नदिने उनीहरूको मुख्य योजना भएको कारण जितबाट चुकेका हौं, मेस्सीले भने, ‘उनीहरू हामीलाई रोक्न सफल भए तर हामीले हार मानेका छैनौं अन्तिम आठमा जान बार्सिलोनाले घरेलु मैदानमा संघर्ष गर्छ ।’

मेस्सीले भने, “खेलमा स्टार खेलाडिले पनि राम्रो नै खेलेका हुन् तर लुइस स्वारेज, फिलिपे कोउटिन्हो र ओउसमाने डेम्बेले लगायत खेलाडीले सकेको सबै प्रयास गर्दा पनि खेलमा जित हात पार्न सकिएन अब दोस्रो लेगमा खरो भएर मैदान उत्रिने छौं ।”

मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग जिताउन आफूले व्यक्तिगत रूपमा सबैथोक योगदान गर्ने बताए । यो उपाधि जिताउन र फ्यानहरूलाई खुसी दिन आफुले सक्ने सबथोक योग्दान गर्ने उनले बताए ।

खेलमा ५९ प्रतिशत बल नियन्त्रणमा लिएको बार्सिलोनाले खेलभर २५ वटा पोस्ट प्रहारको अवसर सिर्जना गरेको थियो । तर पनि सबै प्रयास बिफल हुँदा बराबरीमा चित्त बुझाएको हो ।

बार्सिलोनाले च्याम्पियन्स लिगको नकआउट चरणको अवे खेलमा जित निकाल्न नसकेको यो छैटौं पटक हो । यी दुई टोलीबीचको दोस्रो खेल आगामी मार्च १३ मा बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुनेछ ।