८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar प्रधानमन्त्री न्युयोर्कमा, भोलि सम्बोधन, नेपालले जलवायु न्याय माग्ने, साइडलाइन भेट नगर्ने News Polar जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री News Polar परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता  News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण

सरकार मात्रै होइन, काँग्रेस पनि असफल भयो : आचार्य

सरकार मात्रै होइन, काँग्रेस पनि असफल भयो : आचार्य
अ+ अ-

काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले आगामी चार वर्षसम्म पनि सरकारको गतिविधि यस्तै रहिरहे जनताको आशा र भरोसा समाप्त हुने टिप्पणी गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै आचार्यले मुलुकमा दुई तिहाई बहुमतको सरकार हुँदापनि जनताले सोचेजस्तो काम गर्न नसकेको आरोप लगाए । उनले भने,‘राजनीतिक स्थायित्व भएको, कम्युनिष्ट एकता भएको र दुई तिहाईको सरकार भएकोले जनताले विकास र समृद्धि द्रुत गतिमा होला भनेर आशा गरेका थिए, तर त्यस्तो भएन्।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले अहिले विकास खर्च २२ प्रतिशत पनि हुन नसकेको बताए । उनले भने,‘अहिले मुलुकमा भ्रष्टाचार बढेको छ । वाईडबडी काण्ड छ, अरु पनि काण्डै काण्ड छन् । नेपालको भु–राजनीतिक अवस्था बग्रिएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध बिग्रिएको छ । आगामी चार वर्ष पनि सरकार यही तरिकाले अघि बढ्यो भने जनताको यो सरकारसँग रहेको आशा र भरोसा समाप्त हुन्छ ।’

आचार्यले सरकार विकास र समृद्धि हाँसिल गर्ने काममा केन्द्रित हुन नसकेको गुनासो पोखे । उनले भने,‘सरकारको फोकस विकास र समृद्धिमा भन्दापनि होली वाईनतिर छ, गुड गभर्मेन्समा भन्दा पनि पानीजहाज र मोनोरेलमा छ । सरकार फोकस छैन ।’

उनले सरकारको राम्रो पक्ष भनेको वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई संख्याको चूनौति नभएको सुनाए । आचार्यले थपे,‘सरकार दुई तिहाई बहुमतको छ, प्रधानमन्त्री ओली अनच्यालेन्ज्ड छन् ।’ आचार्यले मुलुकको पछिल्लो आर्थिक वृद्धिद्धर पनि ठीक नभएको सुनाए । उनले भने,‘भ्रष्टाचार बढेको छ । आईसकेको हवाईजहाज थन्किएर बसेका छन् । डेस्टिेशन पाएका छैनन् । मेलम्ची आयोजनालाई तुह्याउन खोजिएको छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कारण सरकारले राम्रो काम गर्न नसकेको पनि उनले आरोप लगाए । उनले भने,‘प्रतिपक्ष त अहिले सडक र सदन कहीँपनि छैन् । ७ वटै प्रदेशमा कांग्रेस छैन् । त्यही भएर सरकार निरंकुश बन्न खोजिरहेको छ । पशुपति शर्माको गीत प्रकरण पनि त्यसैको कडी हो । सरकारमात्रै होईन, कांग्रेस पनि असफल भएको छ।’

यद्धपी उनले सरकारसँग अहिले नै आशा नै मारिहाल्नुपर्ने अवस्था भने नआएको स्पष्ट पारे । उनले भने,‘यो सरकारसँग आशा गर्ने ठाउँ अझै छन्, यो सरकारसँग चार वर्ष समय छ, सरकार फिर्छ भने राम्रो गर्न सक्छ । प्रतिपक्षी दल कांग्रेस पनि जुर्मुराउनुपर्छ । प्रतिपक्षी जुर्मुरायो भने धेरै कुरा हुन्छ।’

उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली असफल भए प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि तर्क गरे । उनले भने,‘ओलीजी असफल हुनुभयो भने नेकपाबाट प्रचण्ड अगाडि आउने सम्भावना छ । तर, यसको लागि माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेलले ओलीविरुद्ध च्यालेन्ज गर्छन् । र, उनीहरुले नै प्रचण्डलाई अघि सार्छन् ।’

आचार्यले अहिलेसम्म नेकपाका अर्का अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई च्यालेन्ज नगरेको सुनाए । उनले भने,‘बरु माधव नेपालले संसदमा सरकार कहाँ छ रु भनेर भन्नुभयो, यो एक वर्षमा ओलीजीेले देशको रोग के हो भनेर डाईग्नोसिस गर्नुपर्दथ्यो ।’
उनले नेकपाको एकता प्रक्रिया पनि अहिले सुस्त रहेको भन्दै यसलाई नेकपाको नेतृत्वले गति दिएर टुँगो लगाउन खोजेको सुनाए । उनले भने,‘यो राम्रो कुरा हो । एकता प्रक्रियाले गति लिनुपर्छ ।’

सरकार आगामी पाँच वर्षसम्म टिकेर नर्मल ईलेक्शन भयो भने धेरै कुरा राम्रो हुने उनको तर्क छ । उनले भने,‘त्यतिवेलासम्म धेरै संस्थाहरु बनिसकेका हुन्छन् । मुलुकको हित राजनीतिक स्थायित्वमा छ । अझै स्ट्रोङ हुनुपर्छ । यो सरकारले भ्रष्टाचार रोक्न सके वाहवाह पाउँथ्यो । अन गोईङ प्रोजेक्टहरु समयमै सम्पन्न गर्यो भने पनि धेरै राम्रो हुन्छ । अहिले २३÷२४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु छन्, यीनीहरुलाई समयमै सम्पन्न गर्न सके धेरै हदसम्म बेरोजगार हट्दथ्यो।’ उनले सरकारले क्लिन गभर्मेन्स गरे र अनगोईङ प्रोजेक्ट सम्पन्न गरे धेरै राम्रो हुने थियो भन्ने धारणा राखे ।

राजनीतिक स्थायित्वलाई अब आर्थिक समृद्धिमा रुपान्तरण गर्नुपर्ने उनको धारणा छ । उनले यो एक वर्षमा सरकारमात्रै नभएर कांग्रेस पनि असफल भएको दाबी गरे । उनले भने,‘कांग्रेस चुकेकै हो । त्यही भएर चुनाव पनि हार्यो । चुनाव हारेलगत्तै सभापति देउवाले राजीनामा दिनुपर्दथ्यो । कांग्रेस अहिले ट्रयापमा छ।’ जनताहरु गतिशिल बनेको अवस्था भएपनि कांग्रेसका नेताहरुलाई ल्यापटपनि चलाउन नआउने उनको आरोप छ ।

उनले भने,‘कांग्रेस सभापति देउवाले केही बोले भने उनले ठीक बोलेनन भनेर सबैभन्दा पहिले उनकै गृहजिल्ला डढेलधुरामा विरोध हुन्छ । कांग्रेसमा धेरै बुढाखाडा छन् । एउटा फाईल बढुवा भएर नेता हुनेछन् । अर्को वंशको आधारमा कांग्रेस हुनेहरु छन् ।

विपीको छोरो, गणेशमानको छोरा, गिरिजाकी छोरी र महेन्द्रनारायण निधिको छोरोहरु वंशको आधारमा नेता भएका छन् । छाताधारी कांग्रेस त छँदैछन् । गगन थापा, प्रदिप पौडेल र गुरु घिमिरे लगायतका अर्को युवा पुस्ता पनि कांग्रेसमा छ, तर उनीहरुलाई कांग्रेसी नै मान्दैनन्।’