८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो : प्रा.डा. ढुंगेल



अ+ अ-

काठमाडौं । संस्कृतविद् प्रा.डा. रमेश ढुंगेलले सरकार सफल वा असफल भन्नुभन्दापनि व्यवस्था नै असफल भएको दाबी गरे । सरकारले आशलाग्दा काम गर्नुको साट्टामा जनतालाई निराशा प्रदान गर्ने काम गरेको उनले आरोप लगाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै ढुंगेलले भने ,‘धर्मनिरपेक्षता र संघीयता लागु गर्दा जनताको मत लिइएन् । अहिले लोकतन्त्र र संघीयता दुवै फंक्शनिङ छैन् ।’ सरकारले विभिन्न निकायमा नियुक्ती गर्दा ज्ञाताहरुलाई नियुक्त नगरेको पनि उनले गुनासो पोखे ।

उनले २१ अर्बका ९ सय ६ वटा ठेक्कापट्टामा ६ सय २३ परियोजनाहरु अहिले लथालिंक अवस्थामा रहेको पनि सुनाए । उनले भने,‘यसरी कसरी समृद्धि हुन्छ रु’ अब देश कता जान्छ त रु भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले त सिस्टम नै फेल भैसक्यो । गणतन्त्र फेल भैसक्यो । संघीयता फेल भैसक्यो । लोकतन्त्रले फंक्शनिङ गरिरहेको छैन् ।’

मुलुकमा यस्तो अवस्था सिर्जना भएकोले अन्र्राष्ट्रिय गतिविधि बढ्न थालेको पनि उनले आरोप लगाए । उनले भने,‘राजा आउने वा नआउने भन्ने कुरा भन्न सकिँदैन । तर, म एउटा कुरा भन्न सक्छु की राजा आवश्यकत्ता भन्दा छिटो फालिएको हो । कुनै विचार नपुरयाई फालिएको हो । संघीयता ल्याउँदा पनि कुनै होमवर्क भएको थिएन् ।