८ पुष २०८२, मंगलवार
,
Latest
रबि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत



अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रस्ताव प्रस्तुत गरिएको छ ।

प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्र्रस्ताव पेश गर्नुभएको थियो । उहाँले प्रदेश भवन व्यवस्था गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा उठेको प्रश्नको जवाफमा कार्यान्वयनमा समस्या नआउने खालको कानून बनेमा सबै क्षेत्रलाई काम गर्न सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अहिलेसम्मकै सबैभन्दा ठूलो र १३७ दफामा रहेको जानकारी दिनुभयो ।

बैठकमा शून्य समयमा सदस्य खिनु लाम्बा लिम्बूले पूर्वी नेपालको इलामका लागि सुहाउँदो हावापानी र माटो अनुकूल चियाको बिरुवा उत्पादन गर्न माग गर्नुभयो । उहाँले चियालाई आवश्यक पर्ने जनशक्ति र अनुसन्धान केन्द्र पनि स्थापना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य नारायणबहादुर मगरले उदयपुरका केही स्थानमा सुख्खा अनुभूति भएकाले बाँच्नका लागि पनि प्रदेश सरकारले राहत बाँड्नु पर्ने बताउनुभयो ।

सदस्य पूर्णप्रसाद राईले सङ्खुवासभाको बरुण नदी धार्मिक दृष्टिकोणले महत्वपूर्ण भएकाले यस नदीमा जलविद्युत्का लागि सञ्चालन हुने परियोजना रोक्नुपर्नेमा जोड दिनुभयो । सदस्य लीला सुब्बाले प्रदेशको राजधानी सबै कुराले परिपूर्ण धनकुटा बनाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सदस्य सञ्जाकुमारी दनुवारले उदयपुरको त्रियुगा हवाई मैदान बन्नाउन माग गर्नुभयो । प्रदेशसभाको अर्को बैठक यही फागुन ९ गते बिहान ११ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो ।