१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजा विक्री गरेको आरोपमा एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । लागूऔषध दुव्र्यसनीहरुलाई गाँजा विक्री गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौँँको नागार्जुन नगरपालिका–५, स्वयम्भूबाटका इन्द्रबहादुर पुतुवार रहेका छन् ।

काठमाडौँ प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटी नेतृत्वको प्रहरी टोलीले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो । उनले लागूऔषध दुव्र्यसनीहरुलाई गाँजाको स–सानो पोका बनाएर खुद्रामा विक्री गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

पुतुवामाथि घटनाको विषयमा थप अनुसन्धान भइरहेको बोगटीले बताएका छन् ।