१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको युनाइटेड ब्रदर्शलाई पराजित गर्दै थ्रीस्टार फाइनलमा प्रवेश



अ+ अ-

काठमाडौँ । थ्रीस्टार क्लब भुटानमा जारी जिग्मे दोर्जी बाङचुक स्मृति गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको सेमिफाइनलमा थ्रीस्टारले भारतको युनाइटेड ब्रदर्शलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । थ्रीस्टारको जितमा रन्जन विष्ट, बुद्ध लिम्बु र दिनेश राजबंशीले समान १–१ गोल गरे ।

१७औं मिनेटमा नै दिनेशले गोल गर्दै थ्रीस्टारको लागि अग्रता दिलाएका थिए । यसको तीन मिनेटपछि अर्थात २०औ मिनेटमा रञ्जनले गोल गर्दै थ्रीस्टारलाई २–० गोलको अग्रता दिलाएका थिए ।

यता, युनाइटेड ब्रदर्शले ३२औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म २–१ गोलको स्थितिमा पुर्‍याएका थिए ।

थ्रीस्टारका लागि ८२औं मिनेटमा बुद्धले गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याए । तर, युनाइटेड ब्रदर्शले अतिरिक्त समयमा गोल गर्दै खेल ३–२ गोलको अवस्थामा ल्याएपनि थ्रीस्टारलाई रोक्न भने सकेन ।