१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिद्धारा ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनालाई आदेश



अ+ अ-

दिक्तेल । प्रधानसेनापति पूर्णचन्द्र थापाले सुरक्षा र विकास एकअर्काका पूरक भएकाले सरकारले अघि सारेको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अवधारणालाई मूर्तरूप दिन सेनालाई आदेश दिएका छन् । उनले राष्ट्र, जनता र सेनाको हितका खातिर गौरव गर्ने ढङ्गबाट जिम्मेवारी सम्हाल्न सम्हाल्नुपर्ने पर्ने भन्दै देशप्रति बफादार रहेर कार्य गर्न निर्देशन दिएका हुन् ।

बिहिवार दिक्तेल स्थित बहादुर श्रीशेरगणमा निरीक्षणका क्रममा उनले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने तिर लाग्न आदेश दिएका हुन् । प्रधानसेनापति थापाको कमाण्ड मार्गनिर्देशनमा हतियार र उपकरण खरीद, शान्ति सेना भर्ना छनोट, बढुवालगायतका विषयलाई पारदर्शीको खाचो रहेको बताएका हुन् ।

उनले सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिएका छन् ।