१५ भाद्र २०८३, सोमबार
,
Latest
हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय त्रिशूली–३ बीको सुरुङमा फसेकाको खोजी गर्न सेनाले खन्ने काम तीव्र पार्‍यो नेप्से परिसूचक ४३ अङ्कले घट्यो केरुङ नाका जोड्ने अवरुद्ध सडक खुलाउन उद्धारकर्मीको प्रयास तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

२ सय ७३ केजी चरेस र १ सय ९० केजी गाँजासहित २ व्यापारी पक्राउ



अ+ अ-

हेटौँडा । जिल्ला प्रहरी कार्यालय हेटौँडाले बिहीबार करोड बढी मूल्य बराबरको चरेस र गाँजाको धुलोसहित २ जना व्यापारीलाई सार्वजनिक गरेको छ ।

मकवानपुरको कैलाश गाउपालिका—१ डाँडाखर्कका ४३ वर्षीय मेवा भन्ने चन्द्रवहादुर घलानको घरबाट २ सय ७३ केजी चरेस र गोठबाट १ सय ९० केजी चरेस वनाउन तयार पारिएको गाँजाको धुलो प्रहरीले बुधबार वरामद गरेको हो ।

घरधनी घलान र अर्का चरेस व्यापारी धादिङ गजुरी गाउँपालिका—८ किरान्चोकका ३६ वर्षीय पशुपति भन्ने जीवन तामाङलाई चरेससहित पक्राउ गरेको हो ।

पक्राउ परेकाले प्रहरीमा दिएको बयान अनुसार चरेस प्रतिकेजी ३० हजार रुपैयाँ र चरेस बनाउने गाँजाको धुलो प्रतिकेजी २० हजार रुपैयाँमा भारतीय व्यापारीलाई विक्री गर्ने गरेको बताएका छन् ।