८ पुष २०८२, मंगलवार
,
Latest
पोर्चुगल र रोमानिया पठाइदिने भन्दै ठगी गर्ने पक्राउ शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको भेट सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ जेन–जी घटना जाँचबुझ आयोगद्वारा तीन उच्च पदस्थ अधिकारीमाथिको यात्रा रोक फुकुवा पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको अभियोगमा पक्राउ नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार जेनजी आन्दोलनका सहिदः भ्रष्टाचार अन्त्यको भएको देख्ने छत्रमानको सपना राष्ट्रपतिसँग चीनका राजदूत सङको बिदाइ भेट एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार : झिनो अङ्कले वृद्धि



अ+ अ-

काठमाडौँ । बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव २७ बिन्दुले बढेर २३६ दशमलव ६० बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १५५ कम्पनीको चार लाख ७५ हजार ७६६ कित्ता शेयर रु १६ करोड ४४ लाख ७८ हजार ६८८ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका १० उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेका छन् भने सात उपसमूहको शेयर वृद्धि भएको छ । जलविद्युत् १ दशमलव०७, उत्पादन १२.८ र लघुवित्त २।५८ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ १ दशमलव ३२, व्यापार २ दशमलव ७, विकास बैंक शून्य दशमलव ०२, वित्त शून्य दशमलव ७८, निर्जीवन बीमा १० दशमलव ०४, अन्य १ दशमलव ३१ र जीवन बीमा १ दशमलव ७८ बिन्दुले बढेको छ ।

झिनो अङ्कले बढेको बजारमा चौतारी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले आज पनि ९ दशमलव ८७ प्रतिशतले कमाएका छन् । यस्तै गुराँस लाइफ इन्स्योरेन्स २ दशमलव ८५, बोमी माइक्रोफाइनान्सका शेयरधनीले २ दशमलव ८४ प्रतिशतले कमाएका छन् ।

यस्तै आज हिमालयन डिस्ट्रिलरीका शेयरधनीले ३ दशमलव ९०, एक्सेल डेभलपमेन्ट बैंक ३ दशमलव ४९, सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २ दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।

कारोवार रकमका आधारमा चौतारी लघुवित्त वित्तीय संस्थाको मात्रै रु दुई करोड ५० लाख ६८ हजार १९१, नबिल बैंकको रु एक करोड ३९ लाख ४३ हजार, नेपाल इन्भेष्टमेन्ट बैंकको रु ८६ लाख ९८ हजार ६२० बराबरको कारोवार भएको स्टकले जनाएको छ ।